Mukhundo.com

About Us

रेडियो ताल्चुईगढी १०७.७ मेगाहर्ज

पृष्ठभूमी

रामेछाप ऐतिहासिक जिल्ला हो । सहिद गंगलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठको जन्म भूमी पनि हो । गंगलाल राना शासनको विरुद्ध आवाज उठाउने एक योद्धा हो उनलाई तत्कालिन राना शासकले मृत्युदण्ड दिएको थियो । पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीको संस्थापक नेता हो । उनले स्थापना गरेको कम्युनिष्ट पार्टीले नेपालको विभिन्न आन्दोलनमा सहभागी बनेर नेपालको परिवर्तनको लागि ठूलो योगदान गरेका छन् । यस्तै कृष्णलाल अधिकारीको जन्म पनि यही रामेछापमा भएको हो ।

कृष्णलाल साहित्यिक कृती मार्फत राना शासनको विरोधमा होमिएका थिए । उसो त रामेछाप तीन लालहरुको जिल्ला भनेर चिन्दछ । रामेछाप हिमाली जिल्ला हो । १ हजार ५ सय ४६ बर्गमिटरमा फैलिएको रामेछाप विविधताले भरिएको छ ।

रामेछापमा तामाङ, मगर, नेवार, राई, लिम्बु, सुनुवार, क्षेत्री, ब्रामण, लोपउन्मुख हायु, सीमान्तकृत थामी लगायतका जनजातिहरुको बसोबास छ । भौगोलिक अवस्थामा रामेछाप विभिन्न पहाड तथा हिमाली भुभागले भरिएको छ ।

भौगोलिक अवस्थाका कारण रामेछापमा संचारको सही प्रयोग र सही समयमा सुचना पुग्न नसक्ने अवस्थामा छ । यही अवस्थालाई दृष्ट्रिगत गरी रेडियोको संचालन गरिएको हो ।

पहुँच

ऐतिहासिक एवम् पर्यटकीय गाँउ रामेछापको दोरम्बाबाट संचालन भएको रेडियो ताल्चुईगढी १०७.७ मेगाहर्ज रामेछापका ८ वटा स्थानीय तहका सबै वडा तथा टोलटोलमा सुन्न सकिन्छ ।

यस्तै दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा सोलुखुम्बु, उदयपुर, महोत्तरी, सर्लाही, धनुषा लगायत १९ जिल्लामा रेडियो सुन्न सकिन्छ । यी सबै क्षेत्रका गरी रेडियोको १४ लाख श्रोता छन् । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक सिन्धुलीमा तामाङ समुदायको बसोबास रहेकोले रेडियोको श्रोता तामाङ समुदाय धेरै छन् ।

क्षमता

रेडियो ताल्चुईगढी १०७.७ मेगाहर्ज अहिले १०० (एक सय) वाटमा संचालन भइरहेको छ । अहिले सबै ठाउँमा रेडियोको पहुँच रहेको हुँदा रेडियोको पहुँच अझ बढाउन र रेडियोको संचारको पहिलो माध्यमको रुपमा विकास गराउनका लागि रेडियोको क्षमता ५०० वाट बनाउने लक्ष छ ।

Mukhundo.com
Advertisement