Mukhundo.com

रामेछापका चार नेता नेकपा ओली समुहको केन्द्रीय सदस्यमा चयन


mukhundo.com, २०७७ पुस २९ बुधबार


रामेछाप । रामेछापका चार जना नेता नेकपा ओली समुहको केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन हुनुभएको छ। रामेछापबाट योसंगै ओलि समुहबाट १३ जना महाधिवेशन आयोजनक समितिमा चयन भएको छ।
सुनापती गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार योञ्जन, सचिव रामकृष्ण लामा, लिखु तामाकोसी गाउँपालिबाट पुष्पराज पौडेल र भोजराज कडरियालाई ओलि समुहले थपिएको हो।
नकेपा ओली समुह रामेछापका महाधिवेशन आयोजक समितिका सदस्य भुवन घिमिरेका अनुसार आयोजक समितिमा चार जना सदस्य थपिएको हो । उहांका अनुसार आवश्यकताको आधारमा अझै पनि जिल्लाबाट महाधिवेशन आयोजक समिति सदस्य थपिनसक्ने सम्भावना छ ।
यसअघि भुवन घिमिरे, तुला प्रसाद कँडेल, प्रेमबहादुर तामाङ, माया कार्की, राजकुमार श्रेष्ठ र गीता कार्की महाधिवेशन आयोजक समितिमा चयन भएको हो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement