Mukhundo.com

दुर्गम बस्तिका बिद्यालयमा चेतनामुलक नाटक मार्फत जनचेतना जगाउदै दोरम्बा गाउपालिका


mukhundo.com, २०७७ पुस २८ मंगलबार


दोरम्बा । रामेछापको दोरम्बा गाउपालिकाले दोरम्बाका विभिन्न बिद्यालयमा जनचेतनामुलक नाटक चुरोकुरो प्रदर्शन गरिएका छन । दोरम्बा गाउपलिकाको न्यायिक समितिले निर्मण गरिएको नाटकमा समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको दोरम्बा गाउपालिकाले जनएको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको दोरम्बा गाउँपालिकाको न्यायिक समितिको संयोजक एवम दोरम्बा गाउपालिकाको उपाध्यक्ष कृशला घिसिङले बताउनुभयो । उक्त चेतनामुलक नटक आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि विद्यालयमा नाकट प्रदर्शन गर्ने उपाध्यक्ष घिसिङले अताउनुभयो । नाटक विद्यार्थीलाई केन्द्रीत गरेर प्रस्तुत गरिएको छ । नाटकले अभिभावकलाई समेत सचेत गराउने काम गरिएको दोरम्ब गाउपालिकाको भनाइ छ ।
नाटकले समाजमा रहेको बालबिबाहलाई रोक्न र बालबिबाहलाई निरुत्साहित गर्न सहयोग गर्ने उपाध्यक्ष घिसिङको बिस्वास छ । तस्बिर: कृशाला घिसिङ र उदय रजान मगर ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement