दोरम्बा । रामेछापको दोरम्वा गाउँपालिकामा सोमवार आज नेकपा प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा वलीले गरेको असंवैधानिक ‘कु’ प्रतिगमणको विरुद्ध नेकपा दोरम्वाले पनि प्रशिक्षण तथा भेला आयोजना गेरेको हो । प्रतिगमण र असंवैधानिक कदमको विरुद्ध देशमा सत्ताधारी नेकपा संगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायत विभिन्न साना र ठूला पार्टीको देशैभर प्रदर्शन र आन्दोलन रहेको छ ।
असंवैधानिक कदमको विरुद्ध देशैभर आन्दोलन र राजनिति उत्तरचढाव संगै स्थानीय स्तर सम्म यसको प्रभाव परेको छ । त्यसैको विरुद्ध दोरम्वा गाउँपालिकाले पनि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । दोरम्वा गाउँपालिका नेकपाका अध्यक्ष हिरा श्रेष्ठको अध्यक्षतामा वसेको भेलामा प्रमुख अतिथि नेकपा रामेछापका ईन्चार्ज देवशंकर पौडेल, प्रदेश कमिटी तथा दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तान, नेकपा रामेछापका सचिवालय सदस्य नेत्र मोक्तान लगायत को सहभागिता रहेको थियो ।
नेकपा अहिले फुटेको नभई चोईटिएको र पद को लागि जता पनि हाम फाल्नेहरु तथा अवसरवादीहरु पनि धेरै रहेको पनि नेकपा ईन्चार्ज पौडेलले वताउनुभएको छ । प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको वारेमा आफू केहि नभन्ने र टिप्पणी समेत नगर्ने वताउनुभयो । समग्र नेपाली जनता एक भै असंवैधानिक कदमको विरुद्ध लाग्नु वाहेक यसको विकल्प नरहेको जिकिर गर्नुभयो ।
त्यस्तै दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले सत्यताको वाटोमा मात्र लाग्न सम्पूर्ण नागरिकलाई आह्वान गर्नुभएको छ । आज जनतालाई भ्रममा पार्नेहरुवाट पनि सजग रहन पनि अनुरोध गर्नुभएको छ ।