Mukhundo.com

पर्यटन प्रवद्र्धनका लागि होस्टे एसोसियसन नेपाल बागमति प्रदेशको बैठक पर्यटकीय क्षेत्र सैलुङ सम्पन्न


mukhundo.com, २०७७ पुस १८ शनिबार


सानु खत्री,
दोरम्बा । होमस्टे एसोसियसन नेपाल बागमति प्रदेश कमिटिको बैठक शनिबार रामेछापको दोरम्बा गाउँपालिकाको पर्यटकीय क्षेत्र शैलुङको बाघढुंगामा सम्पन भएको छ । पर्यटनको विकास र चिनारीका लागि पर्यटकीय क्षेत्रमा बैठक गरी पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय गन्तब्यको पहिचान गर्न शैलुङको बाघढुंगामा बैठक सम्पन्न गरेको बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका इन्चार्ज बाबुराजा महर्जनले जानकारी दिनुभयो ।

पर्यटन प्रबद्र्धनमा होमस्टेहरुले खेलेको भूमिलाई मध्यनजर गरी पर्यटकीय गन्तब्यको पहिचानमा लाग्नुपर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो ।
यस्तै बागमति प्रदेश हामेस्टे एसोसियसन नेपालका सचिव माधव श्रेष्ठले पर्यटकीय गन्तव्यको पहिचान गरी होमस्टेहरुको विकास गर्ने र स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादनको प्रबद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटक भित्र्याएर मनग्य आम्दानी लिनुपर्नेमा जोड दिनुभयो । स्थानीय खाना, स्थानीय पहिचान स्थानीय कला संस्कृती र इतिहासलाई समेटिएर पर्यटन प्रबद्र्धन गर्न सके नेपालीहरु विदेशमा जानुनपर्नेमा जोड दिनुभयो ।
बेठकमा बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका अध्यक्ष गोविन्द हुमागाई, उपाध्यक्ष संगीता श्रेष्ठ, कोषाध्यक्ष, अनिमा भट्टराई, महासचिव प्रेमभक्त महर्जन, सचिव माधव श्रेष्ठ, सह–इन्चार्ज राजकुमार लामिछाने, होमस्टे एसोसियसन नेपालका केन्द्रिय सदस्य मोविन थिङ तामाङ रेशमलाल योञ्जन लगायतको सहभागीता रहेको थियो ।
यस्तै दोरम्बा सामुदायिक होमस्टेका संचालक मिनबहादुर तामाङ र बागमति प्रदेशका विभिन्न होमस्टेका संचालक तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । सहभागीहरुले शैलुङको भ्रमण समेत गर्नुभएको थियो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement