Mukhundo.com

कोरोनाको नयाँ प्रजाति, बेलायतबाट फर्किएका १९३ जना निगरानीमा


mukhundo.com, २०७७ पुस १३ सोमबार


 

 

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को कोरोनाको नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएको एक सय ९३ जनालाई निगरानीमा राखेको छ । जस मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेका अनुसार निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।

महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ । मन्त्रालयले यो भन्दा अगाडि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत तथा बेलायतको बाटो हुँदै नेपाल आएका सबैलाई अनिवार्यरूपमा १० दिन होटल क्वरेण्टीनमा वस्न मन्त्रायले ले आग्रह गरेको छ ।

सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोभिड–१९ को विकसित रूप नै नयाँ कोरोना तथा नयाँ प्रजातिको भाइरस रहेको वताए ।‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उनले भने, ‘कोभिड–१९ जस्तै यसको पनि लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने वताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएकालाई पीसीआर परीक्षण गरेर क्वरेण्टीनमा राखिएको जानकारी दिए ।

महाशाखाका निर्देशक डाक्टर पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले फेरि परीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामीको जसरी नै गरिन्छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement