काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता जोगाउन संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नुभएको छ ।
राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ। आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। यो संगै चौतर्फी विरोध भइरहेको छ । नेकपा तथा प्रतिपक्ष दलका नेताहरुले यसको विरोध गरेका छन् । अहिले कानुनविद्हरुले यसको चर्को विरोध गर्दे जर्मन शासक हिटलरको कदम भनदा पनि ठूलो भएको जनाएको छ ।