Mukhundo.com

दोरम्बामा २० औं आप्रावास कामदार दिवस दीप प्रज्वलन गरि मनाइयो 


mukhundo.com, २०७७ पुस ३ शुक्रबार


दोरम्बामा २० औं आप्रावास कामदार दिवस दीप प्रज्वलन गरि मनाइयो 

दोरम्बा । आज (शुक्रबार)२० औ अन्तरास्ट्रिय आप्रावास कामदार दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । देश बाहिर कामको शिलशिलामा रहेका कामदारहरुको सम्झनामा यो दिवस मनाउने गर्दछ । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ। दोरम्बामा बिदेशमा कामको शिलशिलामा ज्यान गुमाएकाहरुको सम्झनामा दोरम्बा गाउपालिकले दिप प्रज्वलन गरि मनाएको छ । बिदेसमा ज्यान गुमाएको कामदारहरुको आत्माको चिर शान्तिको कामनाको साथ दीप प्रज्वलन गरिएको  दोरम्बा गाउँपालिकाको नेतृत्वमा सचालन भैरहेको सामी रोजगार प्रबर्द्धन कार्यक्रमको मनोपरामर्शाकर्ता नोर्बु लामाले बताउनु भयो ।दोरम्बा गाउपालिकामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा हेल्भेटान्स नेपाल अन्तरगत शुरक्षित आप्रबासन कार्यक्रम (सामी) कार्यक्रम सन्चालित छ । बिदेशमा जाने कामदारको सुरक्षा र उनिहरुको अवस्थाको बारेमा सामिले समन्वयन गरिरहेको छ । कार्यक्रममा दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बिदेशमा रहेका नेपालीहरुको सुरक्षाका लागि स्थानिय सरकार लागि रहेको र उनीहरुको सुरक्षाका लागि आफू र आफू मातहतका सरकार लागि रहेको बताउनुभयो । उहाले देशको अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको भन्दै उनीहरुको सुरक्षा अहिलेको आवस्यकता भएको बताउनुभयो।
कार्यक्रममा दोरम्बा गाउपालिकाका उपाध्यक्ष कृशला घिसिङ र नेकपा दोरम्बाका अध्यक्ष हिरा बहादुर श्रेस्ठले आ-आफ्नो धाराना राख्नु भएको थियो ।
सन १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवास कामदार र उनीहरुको परिवारको सुरक्षा सम्बन्धी महासन्धी पास गरेसंगै आप्रावास कामदार दिवस मनाउदै आएको छ ।
नेपाालका हाल ४३ लाख नेपाली बिदेशमा रहेको अनुमान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement