Mukhundo.com

शैलुङ पल्लो टुट्यानी वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रगति समीक्षा कार्यक्रम सम्पन्न


mukhundo.com, २०७७ मंसिर २५ बिहीबार


शैलुङ पल्लो टुट्यानी वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रगति समीक्षा कार्यक्रम सम्पन्न

 

 

दाेरम्वा । दाेरम्वामा शैलुङ पल्लो टुट्यानी वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोजनाले आर्थिक वष २०७१।०७२ देखि २०७६।०७७ सम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।

आर्थिक वर्ष २०७१।०७२ मा ईन्टेक निमार्णमा ३,६५००० खर्च भएको छ । यस्तै आर्थिक वर्ष २०७२।०७३ पाईप खन्ने पूर्ने जोड्ने पाईप ल्याएको गाडी ढुवानी समेत गरी १५,३३१४८।३८ पैसा खर्च भएको सार्वजनिक गरेको आर्थिक प्रगतिमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७३।०७४ मा पाईप खन्ने, पूर्ने,जोड्ने पाईप खरिद गरी ढुवानी समेत गरी १८,४२,५५१।१० पैसा खर्च भएको छ । यस्र्तै आार्थिक वर्ष २०७४।०७५ दहपातल रिजर्भ ट्याङ्की निर्माण १७,६१५२९।४४ पैसा खर्च भएको जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही आर्थिक वर्ष २०७४।०७५ दोस्रा्े दहपातल रिजर्भ ट्याङ्की निर्माण २१,९४६११।०८ पैसा खर्च भएको जनाएको छ । हालसम्म ८५,६६८३९ रुपिँया खर्च भएको देखिएको छ ।

कार्यक्रममा दोरम्वा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । खानेपानी संरक्षण तथा विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । आ आफ्नो तर्फवाट पनि आपैm श्रम गरि एकतावद्ध भएर हामी लागि पर्नुपर्दछ । हामी एकता भए मात्र हामी विकासका फाँटहरु लाई पहिल्याउन सक्दछौँ । र सहि छ भने सहि, गलत छ भने गलत भन्नुपर्दछ उहाले भन्नुभयो । कार्यक्रम सामुदायिक विकास समितका कार्यकारी निर्देशक मिलन घिसिङले खानेपानीको विकासका लागि समुदायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एउटा समस्या समाधान गरे पनि अर्को समस्या आइरहने हुँदा हामीले समस्याको पहिचान गरी निराकरणमा लाग्नुपर्नेमा जोड िदनुभयो ।

कार्यक्रममा दोरम्बा २ का वडाअध्यक्ष खड्क बहादुर श्रेष्ठले विकासका लागि स्थानीय सरकार सकरात्मक रहेको र विकासका लागि समन्वयन गर्ने बताउनुभयो । विकासका लागि कुनै पार्टी वा व्यक्ति भन्दा पनि समुदायको हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्र मीन वहादुर घिसिङको अध्यक्षतामा भएको थियो भने मीनबहादुर तामाङले संचालन गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement