Mukhundo.com

बैदेशिक रोजगारका रहेकाको परिवारका सदस्यलाई वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा दोरम्बामा सम्पन्न


mukhundo.com, २०७७ मंसिर १९ शुक्रबार


बैदेशिक रोजगारका रहेकाको परिवारका सदस्यलाई वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा दोरम्बामा सम्पन्न

दोरम्बा । सुरक्षित आप्रावास परियोजना अन्तरगत बैदेशिक रोजगारमा रहेका व्यक्तिको परिवारका लागि बैदेशिक रोजगार प्रबद्र्धन अन्तरगत वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा रामेछापको दोरम्बा ५ गुन्सालामा सम्पन्न भएको छ । सकेसम्म स्वदेशमा नै रोजगारी गरौ यदि बैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर र सिप सिकेर मात्र जाओै भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल सरकार र स्वीस सरकार बीच भएको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधीक सहयोगमा सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम अन्तरगत दोरम्बा गाउँपालिकाको नेतृत्वमा वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन भएको हो ।

बिदेशबाट प्राप्त भएको बिप्रेसनलाई सहि ठाउँमा सदुपयोग गर्न उत्प्रेरित गर्ने , अनुउत्पादन क्षेत्रमा प्रयोग गरिरहेको बिप्रेसनलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न उत्साहित गर्ने , वैदेशिक रोजगार जानू पुर्ब लिनु पर्ने सहि सूचना सम्प्रेषण गरि समुदायको ब्यक्तिहरुलाई सुसूचित गराउने , वैदेशिक रोजगारिको कारणले परिवारमा देखिन्ने विभिन्न किसिमको मनोसामाजिक समस्याहरुलाई न्युनिकरण गर्न मनोपरमर्शा सेवा उप्लब्ध गराउनेमा परामर्श दिएको थियो ।

पछिल्लो समय बैदेशिक रोजगारमा गएकाहरु विदेशमै विभिन्न समस्यामा पर्ने तथा कमाएको पैसाको सदुपयोग राम्रोसंग गर्न नसक्ने जस्ता समस्या आएको तथा विदेशमा अलपत्र परेको समस्याहरु आइरहेको हुदाँ यसलाई न्यूनिकरण गर्नका लागि परामर्श कक्षा संचालन गरिको सुरक्षित आप्रवासन परियोजना (सामी) दोरम्बा गाँउपालिकाको मनोपरामर्शाकर्ता नोर्बु योन्जनले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारमा रहेका परिवारमा १५ जनाको सहभागीता रहेको थियो । सहभागीहरुलाई बैदेशिक रोजगारमा आइरहेको समस्या तथा निराकरणका लागि आवश्यक पहलको विषयमा परामर्श गरिएको थियो । दोरम्बा गाउँपालिकाको मनोपरामर्शाकर्ता नोर्बु योन्जनले सहजीकरण गर्नुभएको थियो ।   

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement