Mukhundo.com

लैगिक हिंसा अन्त्यका लागि एक भएर लाग्नुपर्छः राजनैतिक दलका नेता तथा जनप्रतिनिधी


लैंगिक हिंसा बिरूद्धकाे १६ दिने अभियान

mukhundo.com, २०७७ मंसिर १९ शुक्रबार


लैगिक हिंसा अन्त्यका लागि एक भएर लाग्नुपर्छः राजनैतिक दलका नेता तथा जनप्रतिनिधी

सचेत घिसिङ, कुशुम थामी (कुशल)
दोरम्बा । रामेछापको दोरम्वा गाउँपालिकामा आज लैंगिक हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैगिंक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐक्यवद्धता भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत दोरम्बा गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा रामेछापको ५ स्थानीय तहका उपप्रमुखको सहभागीता रहेको थियो । यस्तै जिल्ला समन्वयन समितिका उपप्रमुख दीपा पाख्रिन, दोरम्बा गाउँपाकिाका अध्यक्ष कमानसिं मोक्तान, प्रशासकीय अधिकृत धिराज मरासेनी तथा नेकपा बागमति प्रदेशका सचिवालय सदस्य तुलाप्रसाद कडेलको उपस्थिति थियो ।

बैबाहिक बलातकारको अन्त्य हुनुपर्छः उपप्रमुख पाख्रित

कार्यक्रममा जिल्ला समन्वयन समिति रामेछापका उपप्रमुख दीपा पाख्रिनले बैबाहिक बलात्कारको अन्त्य हुनुपर्ने बताउनुभयो । विबाह पस्चात इच्छा विपरित शारिरिक सम्बन्ध कायम गर्नु जस्ता घटना पनि समाजमा व्यप्त रहेको हुँदा यसलाई न्यूनिकरणका लागि महिला पुरुष दुबैले आ–आफ्नो क्षेत्रबाट पहल तथा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय टिनयजर उमेरमा युवाहरुले युवतीलाई प्रेम प्रस्ताव राख्नु तथा स्वीकार नगर्दा एसिड छ्याप्ने जस्ता जघन्य अपराध भइरहेको अवस्थामा यसलाई न्यूनिकरण गर्नका लागि स्थानीय तह तथा परिवार समाजमै जनचेतनाको विकास गरी सकरात्मक सोचको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो धर्म संस्कार र परम्पराले पनि हिंसा बढाएको छः अध्यक्ष मोक्तान

दोरम्बा गाउँपाकिाकाको अध्यक्ष कमानसिं मोक्तानले आधा आकाश आधा धर्ती ओगटेको महिलालाई नेतृत्व तहमा पुग्न र पुर्याउन विभिन्न खालको आन्दोलन भएको र त्यसले केही हदसम्म सहयोग गरे पनि महिलाले पनि आफ्नो दायित्व र भूमिका विर्सेको बताउनुभयो । उहाँले नेपालमा धेरै प्रकारका आन्दोलनले महिलाको अधिकार स्थापित गराएको छ । उहाँले भन्नभयो, यहाँ महिला मात्र अन्याय वा पिडित भनेको छैन, पुरुष पनि पिडित बनेको छ । महिलाले पुरुष माथि पनि हिंसा गरेको देखेको छु । यसरी महिलाले पुरुष र पुरुषले महिलालाई हिंसा गरेको पाइएको छ । तर समान्तरण पुरुषबाट धेरै भएको छ । यसलाई सबैले मनन गर्नुपर्छ । म पुरुष भएको नाताले कहिले काही आफैलाई नराम्रो लाग्छ केही घटना देख्दा र सुन्दा तर हामीले आफैबाट हिंसा अन्त्यका लागि पहल गर्नुआवश्यक रहेको बताउनुभयो । उहाँले कतिपय हिंसा हाम्रो धर्म, परम्परा र संस्कारले पनि बढाएको भन्दै संस्कारको परिवर्तन गर्नुपर्ने बताउनुभयो । तर हाम्रो समाजको परम्पराले हिंसा बढाउन नदिने भएपनि केही प्रतिनिधी परम्परा र संस्कारले अझै विभेद गरिरहेको बताउनुभयो । अध्यक्ष मोक्तानले गाउँपालिकाले महिला उत्थानका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।

हामीले हाम्रो साचे बढलौँः उपाध्यक्ष घिसिङ

कार्यक्रममा दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले हाम्रो समाजको सोच परिवर्तन नभएसम्म लैगिंक हिंसा अन्त्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो,अन्त कहि नजाउनुस्, हाम्रै घरको कुरा गरौँ, हाम्रो छोराछोरीको कुरा गरौँ, छोरालाई गर्ने व्यबहार र छोरीलाई गर्ने ब्यबहारलाई समान बनाऔँ । छोरालाई दिने माया र छोरीलाई दिने मायालाई समान गरौँ । छोरालाई दिने शिक्षा र छोरीलाई दिने शिक्षालाई समान बनाऔँ । तपाईले तपाईको छोराछोरीलाई गर्ने ब्यबहारलाई समान बनाउनुस् । हामी धेरै टाढा गएर भन्दा पनि हामीले आफ्नै छोराछोरीलाई गर्ने ब्यबहारलाई समान बनाऔँ । उहाँले पुरानै सोच र चिन्तनलाई नफालेसम्म लैगिक समनाता नहुनेमा जोड दिनुभयो ।

आर्थिक, समाजिक र जातिय हिसाबले पछिपरेका हिंसामा छन्ः उपाध्यक्ष श्रेष्ठ

खाडादेवी गाउँपालिकाको उपाध्यक्ष मखमली श्रेष्ठले लैगिक विभेद अहिले आर्थिक सामाजिक रुपमा भएकोले यसलाई निराकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजको बोल्न नसक्ने र आर्थिक पहुँच भन्दा पछि परेकालाई अहिले पनि समाजिक भेदभाव भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, गरिब र पिछडीएका समुदायका महिलालाई बोक्सीको आरोप लगाइरहेको छ, आर्थिक समाजिक तथा जातीय हिसाबले तल रहेको समुदायका महिला सदस्यलाई त्यस्तो आरोप लगाइरहेको छ । त्यसैले अब हाम्रो समाजको हेर्ने दृष्ट्रिकोण परिबर्तन हुनुपर्छ ।

मानसिकता परिवर्तन हुनुपर्छः उपप्रमुख कार्की

यस्तै मन्थली नगरपालिकाका उपप्रमुख माया कार्कीले लैगिक विभेद पुरुषबाट मात्रै नभएको र महिलाले महिलामाथि नै विभिन्न हिंसा गर्ने गरेकोले महिलाले पनि महिलामाथिको ब्यबहारलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरुषको मानसिकतामाथि प्रश्न उठाउदै साना बालिकालाई बलात्कार गर्ने मानसिकतालाई हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक संजाल लगायतको दुरपयोगलाई पनि रोक्नुपर्नेमा जोड दिनुभयो ।

हामीले पितृसतात्मक सोचलाई त्यागौँः उपप्रमुख खड्का


रामेछापको नगरपालिकाको उपप्रमुख सिर्जना खड्काले अहिले पुराना सोच र चिन्तनले समाजमा लैगिंक हिंसा भइरहेको बताउनुभयो । उहाँले महिला चुलोचंका घरधन्दामै सिमित हुनुपर्ने मानसिकताबाट अहिले पनि समाज पर जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो समाज पुरानै मानसिक समस्याले गाजेको छ, पुरानै सोचका कारण महिलाहरु पछि परेको बताउनुभयो ।

हिंसा सहन्न, सहन दिन्न र गर्दिन भन्नुपर्छः उपाध्यक्ष विष्ट


कार्यक्रममा सुनपति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले महिलाले केही गर्न नसक्ने समाजको मानसिकतालाई चिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, हामीलाई महिलाले बन्दुक बोक्न हुदैन, महिलाले राजनिति गर्नुहुदैन भन्ने सोच हाम्रो समाजमा छ । त्यसलाई हामीले चिर्न सक्यौँ र यहासम्म आइपुग्यौ । अहिले हाम्रो समाजलाई परिवर्तन गर्नका लागि हामीले जहा– जसरी हुन्छ लैगिंक हिंसा अन्त्यका लागि लाग्नुपर्छ । मैले महिला हिंसामा परेको छ भन्न खोजेको होइन, महिलाले पनि हिंसा गरेको छ । यसलाई हामीले मनन गर्नुर्छ । उहाँले हाम्रो परिवारलाई समाजालाई म हिंसा सहन सक्दिन हिंसा सहन दिन्न, प्रतिबाद ओकल्ने चेतना सबैलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।

आफ्नै आगनमा भएको हिंसा रोक्नुपर्छः नेता कडेल

नेकपा बागमती प्रदेशका सचिवालय सदस्य तुलाप्रसाद कडेलले समाज परिवर्तन गर्नका लागि सबै तह र तप्काबाट पहल चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र पुरुषबीचको विभेदले समाजका धेरै प्रकारका समस्याहरु आइपरेको बताउनुभयो । उहाँले हामी कही नजाउँ यही आफ्नै घर आगनमै यस्ता घटना भएको छ । परस्त्रीसंगको सम्बन्धले श्रीमतीलाई हत्या गरेको तथा परपुरुषसंग लाग्ने स्त्रीले सासु तथा श्रीमानको हत्या तथा विभिन्न प्रकारका हिंसा गरिरहेको हाम्रै समाजमा भइरकेको छ । यसलाई अरुले होइन हामीले नै समाधान गनुपर्छ । त्यसैले समाज परिवर्तनका लागि हामी आफै लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले महिला उत्थानका लागि पहल गर्नुपर्छः अभियन्ता श्रेष्ठ

सामाजिक अभियन्त सम्झाना श्रेष्ठले समाजमा भइरहेको विभिन्न विभेदले महिलाहरु मानसिक समस्यामा परेको तथा सडकसम्म आइपुगेकोले यसलाई निराकरण गर्नका लागि ब्यक्ति समाजले पहल गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै विभिन्न समस्यामा परेकालाई उपचार तथा व्यवस्थापनका लागि स्थानीय सरकारले बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

हिंसा शिक्षित परिवार र मान्छेले गरेको छः ढुंगेल

तामाकोसी सेवा समाजको संयोजक एवम् पत्रकार हिमाल ढुंगेलले हिंसा अशिक्षा पीछडीएका समाजमा हुने नभइ शिक्षित र सभ्य समाज र व्यक्तिबाट हुने गरेकाले यसलाई निराकरणका लागि चेतनाको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

पुरुष भएकोमा हामी पछुताउनुपरेको छः प्रशासकीय अधिकृत मरासेनी

कार्यक्रममा दोरम्बा गाउँपालिका प्रशासकीय अधिकृत धिराज मरासेनीले अहिले पछिल्लो समय भइरहेको लैगिंक हिंसाको तथ्यांक हेर्दा हामी पुरुष भएकोमा पछुताउनुपर्ने बताउनुभयो । उहाँले पुरुषले गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

गर्भबाटै हिंसा सहनुपरेको छः पालिका सदस्य महते

दोरम्बा गाउँपलिकाका कार्यपालिका सदस्य रिता महतेले महिलाले गर्भबाटै हिंसा सहनुपरेको बताउनुभयो । उहाँले अहिले जन्मदा पनि छोरामा विभेद गरिरहेको बताउनुभयो । उहाँले महिला पुरुष दुबै हिंसामा परकोले यस्तलाई न्युनिकरणका लागि सबैले आप–आफ्नो तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा स्थानीय विद्यार्थी शिक्षकको सहभागीता रहेको थियो । कार्यक्रम दोरम्बा गाउँपालिकाको सभाहलमा भएको थियो ।

थप तस्वीरः

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement