Mukhundo.com

विपक्षीले भन्दा आफ्नै सहपाटी र पार्टीका साथीले सरकारको खुट्टा तानीरहेको छः अध्यक्ष मोक्तान


mukhundo.com, २०७७ मंसिर १५ सोमबार


विपक्षीले भन्दा आफ्नै सहपाटी र पार्टीका साथीले सरकारको खुट्टा तानीरहेको छः अध्यक्ष मोक्तान

दोरम्बा । विपक्षीले भन्दा आफ्नै सहपाटी र आफ्नैले सरकारको विरोध तथा अवरोध गरिरहेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभएको छ । सोमबार दोरम्बा अस्पतालको उत्घाटन गर्नुहुदै अध्यक्ष मोक्तानले विपक्ष पार्टीका ब्यक्ति र पार्टीका आफ्नै साथीहरुले कुनै विषयमा जति विकास भएपनि नदेखेको र खोईरो खनिरहेको आरोप लगाउनुभयो । हामीले लिएको सपनाहरु पूरा हुँदैछ । यसर्थ अव दोरम्बा सम्बृद्धिको बाटोमा लाग्नेछ । दोरम्बामा दोरम्बाका स्थानीय जनसमुदाय र कार्मचारी तथा राजनितिक दलको अथक सहयोग पाएको पनि बताउनुभयो ।
उहाँले आफ्नो कार्याकालमा दोरम्बाका विभिन्न क्षेत्रको विकास गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष मोक्तानले दोरम्बाको सैनिक इलाका (ब्यारेक) बनाउने काम अन्तिम चरणमा रहेको र त्यसलाई सम्पन्न गर्ने र गरेरै छाड्ने ठोकुवा गर्नुभयो । उहाँले केही ब्यक्तिले अवरोध गरे पनि जग्गा प्राप्तीको काम सकिने वित्तिक्कै सैनिक व्यारेक सम्पन्न गर्ने बताउनुभयो ।

जनता एक जुट भए मात्र सवै काम कार्यमा सहज हुने र सजिलै विकास हुने भएको सबै राजनितिक दलका नेता तथा नेतृत्वलाई साथ सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले दोरम्बामा अस्पताल बनेसंगै दोरम्बाका जनताले आधारभूत सेवा पाउने र यहाँका जनता सामन्य रोगको उपचारका लागि काठमाण्डौ धाउन नपर्नेमा पनि जोड दिनुभयो ।
यस्तै नेकपा बागमति प्रदेशका सचिवालय सदस्य तुलाप्रसाद कडेलले अहिले जनताको आवश्यकतामा स्वास्थ्य सेवा भएकाले जनताको मागको आधारमा स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएकोप्रति धन्यवाद दिनुभयो । उहाँले जनताको माग तथा आवश्यकता र परिस्थितिका आधारमा सरकारले काम गरिरहेको भन्दै सरकारको विरोध गर्नु भन्दा सरकारले गरेको कामलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा दोरम्बा २ का वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले स्थानीय राजनितिक दल, जनप्रतिनिधी तथा स्थानीय जनताको अथक प्रयासले दोरम्बामा दोरम्बा अस्पतालको स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले दोरम्बामा सुविधासम्पन्न अस्पताल निर्माणपछि दोरम्बाका स्थानीय जनताले अव स्वास्थ्य सेवा लिन सजिलो भएको बताउनुभयो । उहाँले विभिन्न निकायबाट सहयोग पाएरै अस्पतालको स्थापना गर्न सफल भएको भन्दै आगामी दिनहरुमा जनताको आवश्यकताको आधारमा विकासको कामलाई निरन्तरता दिनेमा जोड दिनुभयो । उहाँले संविधानमा उल्लेख भएको जनताको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकताका साथ राखेरे अस्पतालको स्थापना भएको बताउनुभयो ।

यस्तै नेकपा दोरम्बाका अध्यक्ष हिराबहादुर श्रेष्ठले जनताको आवश्यकताका आधारमा काम गर्न सरकारले पार्टीको तर्फबाट साथ र सहयोग गर्ने बताउनुभयो । नेकपाकै सरकार भएकाले पार्टीको निर्देशनका आधारमा स्थानीय सरकारलाई गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । यस्तै नेपाली काँग्रेस दोरम्बा २ का सभापति केशब लामाले दोरम्बामा अस्पताल बन्नु राम्रो र खुसीको कुरा भएको बताउनुभयो । उहाँले सरकारलाई गर्नुपर्ने सहयोग गर्ने र सरकारको कमिकमजोरलाई पनि औल्याउने बताउनुभयो । उहाँले अहिले नेकपा फुटको स्थितिमा रहेको भन्दै नेकपा एकढिक्का भएर जनताले दिएको म्यान्डेट पूरा गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।


यसैगरी दोरम्बा २ दोरम्बाका वडा सदस्य रन्जित मोक्तानले दोरम्बामा परिवर्तन भइसकेको र दोरम्बामा अथक सम्भावना तथा विकासका लहरहरुले बाटो समातेकाले दोरम्बामा अब हिजोको जस्तो नहुने र विकासले फड्को मार्ने बताउनुभयो । यस्तै दोरम्बामा समाजिक कार्यकर्ता नोर्बु लामाले दोरम्बामा स्वास्थ्य सेवा सहज र दोरम्बामै अस्पताल बन्नु दोरम्बा जनताको लागि खुसीको खबर भएको बताउनुभयो । यस्तै दोरम्बा ७ का वडा अध्यक्ष रेमबहादुर मगरले दोरबको जनताले अब स्थानीय तहमै बसेर स्वास्थ्य सेवा लिनसक्ने भएकाले अब दोरम्बाका जनता खुसी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारले अब जनताको माग र आवश्यकताको आधारमा विकासका काम गर्ने बताउनुभयो ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement