Mukhundo.com

दोरम्बा अस्पतालको सोमबार शिलान्यास


mukhundo.com, २०७७ मंसिर १५ सोमबार


दोरम्बा अस्पतालको सोमबार शिलान्यास

दोरम्बा । रामेछापको दोरम्बामा दोरम्बा प्राथमिक अस्पतालको शिल्यान्यास भएको छ । आज दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो । भवनको शिलान्याससंगै दोरम्बामा १५ शैयाको सुविधासम्पन्न प्राथमिक अस्पताल बन्नेछ । दोरम्बामा यसअघि नै ५ शैयाको अस्पताल संचालन भइसकेको छ ।

दोरम्बा प्राथमिक अस्पताल बनेपछि दोरम्बाका स्थानीयले स्थानीय तहमै स्वास्थ्य सेवा पाउनेछ । सरकारको एक स्थानीय तह एक प्राथमिक अस्पतालको अवधारणासंगै दोरम्बामा १५ शैयाको अस्पताल बनेको हो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement