Mukhundo.com

विकास, स्थायीत्व र सम्बृद्धिका लागि सुरक्षा मजबुद हुनुपर्छः मन्त्री जम्कट्टेल


mukhundo.com, २०७७ मंसिर १४ आइतबार


विकास, स्थायीत्व र सम्बृद्धिका लागि सुरक्षा मजबुद हुनुपर्छः मन्त्री जम्कट्टेल

दोरम्बा  । रामेछापको दोरम्बामा नव निर्मित दोरम्बा प्रहरी चौकीको भवन आज उत्घाटन भएको छ । प्रहरी चौकीको बागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले उत्घाटन गर्नुभएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन निर्माण भएको हो । थुनुवा राख्ने हिरासत सहितको उक्त भवन प्रदेश सरकारको २ करोड ३५ लाख ९० हजार ७१ रुपैयामा सम्पन्न भएको हो ।

जनचेतनालार्इ प्राथमिकता दनुपर्छः प्रजिअ शर्मा 

कार्यक्रममा रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शान्ति सुरक्षामा प्रहरी र समुदायको भूमिका अहम हुने बताउनुभयो । उहाँले भौगोलिक अवस्थाले गर्दा समयमै प्रहरी घटनामा पुग्न नसक्नु एउटा पाटो भए पनि प्रहरीको भवन बनेपस्चात प्रहरीले घटना घट्न नदिनका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरीको जनशक्ति पहिचान गरी घटना घट्ने बेलामा पुग्नुभन्दा पनि कुनै पनि घटना हुन नदिनका लागि समुदाय र प्रहरी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रहरी समुदायसंग रहेर समुदायको सुरक्षाको कबज भएको भन्दै प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तरगत जनचेतनाको काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले न्यायिक समिति, स्थानीय सरकार र जनसमुदायको सहयोगले शान्ति सुरक्षाको प्रत्याभूति हुने भएकाले सबै निकायको समन्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

सुरक्षाविना विकास असम्भवः मन्त्री जम्कट्टेल 

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सुरक्षा क्षेत्र मजबुद नभएसम्म सुशासन सम्भव नभएको बताउनुभयो । विकास, स्थायीत्व र सम्बृद्धिका लागि सुरक्षाको आवश्यकता भएकोले सुरक्षा निकायलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदाय र प्रहरीबीचको सम्बन्ध निकै घनिष्ट हुनुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री जम्कट्टेलले स्थानीय सरकारले पनि सुरक्षा निकायका लागि बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिनुभयो । विकासका लागि सुरक्षा प्रमुख भएको भन्दै सुरक्षा मजबुद हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा निकायका लागि सुविधा सम्पन्न भवन भने पनि भवनभित्रको डेकोरेसनका लागि बजेट विनियोजन नहुदाँ कार्यालय व्यवस्थापनमा समस्या देखिएकोले आगामी दिनहरुमा कार्यालय व्यवस्थापनका लागि पनि बजेट विनियोजन गर्ने बताउनुभयो ।
कार्यक्रममा दोरम्बा २ दोरम्बाका वडा अध्यक्ष खड्का बहादुर श्रेष्ठले प्रहरी भवन बनाउन विभिन्न निकायले सहयोग गरेकोमा धन्यबाद दिनुभयो । प्रहरी भवन निर्माणमा विभिन्न व्यक्ति, समुदाय, संघ संस्था, तथा राजनीतिक दलले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले शान्ति सुरक्षाका लागि प्रहरीको आवश्यकता रहेको हुँदा सुविधासम्मपन्न भवन निर्माणपश्चात प्रहरीलाई काम गर्न सजिलो हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमति प्रदेश प्रहरी प्रमुख बसन्त कुमार लामाले प्रहरी र समुदायबीच समुधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीले मात्रै कुनै पनि अपराधलाई नियन्त्रण गर्न नसक्ने भएकाले समुदायको भूमिका आवश्यक परेको हुँदा समुदाय र प्रहरीबीच समुधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीलाई स्थानीय सरकारले सहयोग गरिरहेको र आगामी दिनहरुमा समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप मजबुद बनाएर सुरक्षालाई चुस्त दुरुस्त बनाउन प्रहरी लागि पर्ने बताउनुभयो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement