Mukhundo.com

दोरम्बा प्रहरी चौकीको उत्घाटन आइतबार र दाेरम्बा अस्पताल साेमबार शिलान्यास हुने


mukhundo.com, २०७७ मंसिर १३ शनिबार


दोरम्बा प्रहरी चौकीको उत्घाटन आइतबार  र दाेरम्बा अस्पताल साेमबार शिलान्यास हुने

दोरम्बा । दोरम्बामा नब निर्मित प्रहरी चौकी भवनको उद्घाटनको लागि अन्तिम तयारी पूरा भएको छ । भोलि मंसिर १४ गते नव निर्मित दोरम्बा प्रहरी चौकी वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ ।

दोरम्बा २ को वडा कार्यालयका अनुसार भोली दिउसो २ बजे उत्घाटन गर्ने कार्यक्रम रहको छ । प्रहरी चौकी भवन वने सँगै प्रहरी चौकी ब्यवस्थित हुने अपेक्षा र स्थानीयमा शान्ति, सुरक्षाको अनुभूति गर्न पाउनेछन् ।यस्तै दोरम्बा प्राथमिक अस्पताल मंसिर १५ गते दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले शिल्यान्यास गर्ने कार्यक्रम रहेको दोरम्वा गाउँपालिका वडा नं २ का अध्यक्ष खड्क वहादुर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार दोरम्बा गाउँपाकिाका अध्यक्ष मोक्तानले दिउसो २ बजे उत्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दोरम्बामा १५ दोरम्वा प्राथमिक अस्पताल शैयाको अस्पताल निर्माण भैसकेपछि अस्तपाल पूर्ण क्षमतामा संचालन हुनेछ । आस्तपातल नियमित र पूर्णरुपमा संचालन भएसंगै दोरम्बाका नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउनेछन्, भने राजधानीसम्म जानुपर्ने बाध्यता हट्नेछ । अहिले दोरम्बामा ५ सैयाको अस्पताल संचालनमा रहेको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement