दोरम्वा । दोरम्वा गाउँपालिकाले सवै नाकामा सिसि क्यामेरा जडान गर्ने भएको छ । दोरम्वा गाउँपालिकाले गाउँपालिकाको मुख्य वजार तथा नाकाहरुमा सुरक्षालाई केन्द्रित गर्दै सिसि क्यामेरा जडान गर्न लागेको हो ।
दोरम्वाको गाल्पा नाका, डडुवाको कुखुरेआहाल, लखनपुरको रिष्ठे दोरम्वाको दोरम्वा वजार र पालिका केन्द्र टोकरपुरमा सिसि क्यामेरा जडान गरिने दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले वताउनुभयो । गाउँपालिकाको हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने र उक्त प्रस्ताव पारित भएपछि जडान गर्ने अध्यक्ष मोक्तानले वताउनुभयो । सिसि क्यामेरा जडान सँगै दोरम्वा गाउँपालिका भित्रको सुरक्षा गतिविधि तथा अवस्था वुझ्न सकिने पनि अध्यक्ष मोक्तानले वताउनुभयो ।