Mukhundo.com

आइतबार चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपाल आउँदै


mukhundo.com, २०७७ मंसिर १३ शनिबार


आइतबार चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपाल आउँदै

काठमाण्डौ । चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि आइतबार नेपाल आउँदै हुनुहुन्छ । स्टेट काउन्सिलर समेत रहेनु भएका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि बेलुका नै स्वदेश फर्कनुहुनेछ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आउन लाग्नुभएको हो । पछिल्लो समय दुई देशका विशिष्ट व्यक्ती नेपाल आएसंगै राजनैतिक बृत्तमा निकै हलचल भएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement