Mukhundo.com

दोरम्बाको सबै वडामा अपांगता पहिचान शिविर सम्पन्न एक सय ३५ जना पहिचान


mukhundo.com, २०७७ मंसिर १२ शुक्रबार


दोरम्बाको सबै वडामा अपांगता पहिचान शिविर सम्पन्न एक सय ३५ जना पहिचान

दोरम्बा । दोरम्बा गाउँपालिकाले विभिन्न वडामा गरेको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सम्बन्धी १ दिने शिविरमा १३५ जनाको पहिचान भएको छ । दोरम्बा गाउँपालिकाले आपाङ्गता परिचय पत्र वितरण समन्वयन समितिको संयोजक तथा दोरम्बा गाँउपालिकाको उपाध्यक्ष कृशला घिसिङ र दोरम्बा प्राथमिक अस्पतालका प्रमुख डाक्टर सन्तोष श्रेष्ठ सहितको टोलीले दोरम्बाको विभिन्न वडाको बस्ती बस्तीमा पुगेर अपांगता पहिचान गरी परिचयपत्र वितरण गर्ने प्रकृया सुरु गरिएको थियो ।

उक्त अभियानमा दोरम्बामा ५८ जना महिला र ७७ जना पुरुषको पहिचान गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ । शिविरबाट क बर्गमा ४८ जना, ख बर्गमा ६१ जना, ग बर्गमा १५, घ बर्गमा ११ जना रहेका छन् । जसमा ४४ जना नयाँ हो भने ९१ जना पुरानो रहेका दोरम्बा गाउँपालिकाकाको कानुन सहजकर्ता ज्ञानुमाया मगरले बताउनुभयो । उहाँका अनुसार अपांगता पहिचानका लागि गरिएको यो शिविरबाट पूरै तथ्यांक नभएको र केही छुटफुट हुनसक्ने छ । केही छुटफुटले दोरम्बा गाँउपालिकामा सम्पर्क गरी दर्ता गर्न सक्ने पनि बताउनुभयो । ७ नम्बर वडाबाट लागत संकलन गर्न गरिएको शिविर १ नं वडा डडुवामा १० र ११ गते दुईदिन शिविर राखी सम्पन्न गरिएको थियो ।

शिविरमा दोरम्बा गाउँपालिकाको उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा प्राथमिक अस्पतालका प्रमुख डाक्टर सन्तोष श्रेष्ठ क बर्गका अपांगता भएका व्यक्तिको घरसम्म पुग्नुभएको थियो । उहाँहरुले अपांगता भएका व्यक्तिको अवस्था, उहाँहरुको स्वास्थ्य स्थिति तथा पारिपारिक स्याहार सुसार तथा उहाँहरुलाई हौसला र उत्प्रेरणा दिनुभएको थियो ।

विभिन्न बस्तीहरुमा पुग्दा अपांगता भएको व्यक्तिहरुको अवस्था र उहाँहरुको जीवन जीउन गरेको प्रयासले आफूलाई पनि केही गरौँ भन्ने उत्प्रेरणा जागेको उपाध्यक्ष घिसिङले बताउनुभयो । उहाँले पारिवारिक मागा सद्भाव आपाङ्गता भएका व्यक्तिलाई आवश्यक रहेको हुँदा परिवारले पनि माया र ममता दिनुपर्नेमा जोड दिनुभयो । आपाङ्गता भएका व्यक्तिहरुलाई समान व्यवहार गर्नुपर्नेमा पनि जोड दिनुभयो । सपाङ्ग र आपङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारमा फरक हुनु विभेद भएको र यसलाई सबैले निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।     

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement