Mukhundo.com

बुधबारदेखि दोरम्बा १ डडुवामा अपाङ्गता पहिचान शिविर शुरू


mukhundo.com, २०७७ मंसिर १० बुधबार


बुधबारदेखि दोरम्बा १ डडुवामा अपाङ्गता पहिचान शिविर शुरू

डडुवा । दोरम्बा गाउँपालिकाले वडाहरूमा अपाङ्गता पहिचान गर्न गरिएको शिविर बुधबारदेखि दोरम्बा १ डडुवा मा अपाङ्गता पहिचानका लागि शिविर सुरु गरिएको छ । दोरम्बा गाउँपालिका को अपाङ्गता परिचय पत्र वितरण समन्वयन समितिको संयोजक तथा स्वास्थ्यकर्मी सहितको टोलीले अपाङ्गता पहिचानका लागि शिविर सञ्चालन गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ । दोरम्बा प्राथमिक अस्पतालका प्रमुख डा. सन्तोष श्रेष्ठ सहितको स्वास्थ्यकर्मी र गाउँपालिका को उपाध्यक्ष एबम अपाङ्गता परिचय पत्र वितरण समन्वयन समितिको संयोजक   कृशला घिसिङको टोलिले १७ जनाको लागत सङ्कलन गरिएको छ । जसमा ९ जना नयाँ रहेका छन। जसमा क वर्गका १ जना र ख र ग का ४/४ जना छन् । शिविर भोलि पनि हुनेछ । उपाध्यक्ष घिसिङले अपाङ्गता भएका व्यक्तिको घरमा पुगेर उहाँहरुको अवस्था बुझ्नु भएको थियो । उहाँले परिवारको माया सदभाव अपाङ्गता भएका व्यक्तिलाई आवश्यक रहेको हुँदा परिवारले पनि माया र ममता दिनुपर्नेमा जोड दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सपाङ्ग र अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारमा फरक हुनु विभेद भएको र यसलाई सबैले निराकरण गर्नुपर्नेमा जोड दिनुभयो।

अपाङ्गता पहिचान गर्न दोरम्बा गाउँपालिकाले वडा न. ७ बाट शुरू गरिएको थियो । पालिकाले सबै वडाको लागत सङ्कलन गर्न शिविर सञ्चालन गरिएको हो । अन्य ६ वटा वडामा शिविर सञ्चालन गरिसकेको छ । डडुवाको लागत सङ्कलन सँगै सबै वडाको लागत सङ्कलन गरिसकेपछि परिचयपत्र वितरण गर्नेछ । साथै छुटेकाहरुले संपर्क गरी सामेल हुन सक्ने पालीकाले जनाएको छ ।

पालिकाका  अनुसार हालसम्म ५६ वटा परिचय पत्र वितरण गरिसकेको छ । अन्य बाँकी रहेकाहरूलाई क्रमश वितरण गरिने दोरम्बा गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement