Mukhundo.com

स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय संचालन गर्न दोरम्बा गाउँपलिकाको निर्देशन


mukhundo.com, २०७७ मंसिर ८ सोमबार


स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय संचालन गर्न दोरम्बा गाउँपलिकाको निर्देशन

दोरम्बा गाउँपालिकाले सबै स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय संचालन गर्न सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गर्दै सबै सामुदायिक तथा निजी विद्यालय संचालन गर्न निर्देशन दिएको हो ।
आइतबार बसेको गाँउ शिक्षा समिति तथा प्रधानध्यापकहरुको बैठकले सबै विद्यालय संचालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीले हस्ताक्षर गरेको जारी सुचनामा भनिएको छ ।

जारी सुचनामा सरकार तथा गाउँपालिकाले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालन गर्न पनि निर्देशन दिएको छ । जारी सुचनामा १५ बुदा निर्देशन समेटिएको छ । उक्त निर्देशनमा साबुन पानीको व्यवस्था, स्यानिटाइजरको प्रयोग, मास्कको प्रयोग तथा ढोका खुला गरी हावा आवात जवात हुने खालको कक्षाकोठाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।
यस्तै विद्यालय परिसरभित्र बाहिरको मानिसलाई प्रवेश निषेध गरिनुपर्ने पनि समेटिएको छ । दिवा खाजा कक्षा कोठाभित्रै खुवाउनुपर्ने र खाजा खुवाउदा पनि दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै प्रत्येक १५ दिनमा कक्षागत विवरणको प्रतिवेदन शिक्षकले प्रधानध्यापक र प्रधानध्यापकले विद्यालय व्यवस्थापन समिति र गाउँपालिकालाई बुझाउनुपर्ने उल्लेख गरिएको छ । शिक्षक, अभिभाव तथा सरोकारवाला निकायसंग समय समयमा बैठक तथा परामर्श लिनु तथा दिनुपर्ने पनि उल्लखे छ । यस्तै विद्यार्थीलाई कोरनाको बारेमा मनोपरामर्श तथा अभिप्रेरणा दिनुपर्ने पनि उल्लेख छ ।

गाउँपालिकाले जारी गरेको सुचनाको पूर्णपाठ

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement