Mukhundo.com

सडक विस्तारका लागि गाउँपालिकाका प्रतिबद्ध छुः अध्यक्ष मोक्तान


mukhundo.com, २०७७ मंसिर ५ शुक्रबार


सडक विस्तारका लागि गाउँपालिकाका प्रतिबद्ध छुः अध्यक्ष मोक्तान

दोरम्बा । सडक संजाल स्थानीय जनताको उन्नती र सम्बृद्धिको एक पक्ष रहेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभएकाे छ। शुक्रबार दोरम्बा १ डडुवाको पात्लेमा खैरहनी–राकाथुम–गाल्पा–दोरम्बा– पात्ले रुटको बस उत्घाटन गर्नुहुदैँ अध्यक्ष मोक्तानले विकट गाउँमा यातायात व्यवसायीहरुले जोखिम मोलेर सवारी साधन संचालन गरेर जनताको सेवा गरेको र जनताले पनि यातायात व्यवसायीहरुलाई सौहर्दपूर्ण वातावरण बनाई सहयोग गर्नुपर्ने बताउनुभयो ।


विकट गाउँका स्थानीय आर्थिकरुपमा विपन्न भएको अवस्थामा यातायात व्यवसायीले पनि स्थानीय जनताको अवस्थालाई मध्येनजर गरी भाडादर निर्धारण गर्न र स्थानीयले पनि यातायात व्यवसायीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यातायात व्यवसायीहरुले बृद्धबृद्धालाई सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यातायात संचालन गर्न कुनै अवरोध भए गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले उक्त रुट दोलखासम्म जोड्ने सजिलो र छिटो रुट भएकोले स्थानीय सरकारले सहयोग र समन्वयन गर्ने बताउनुभयो । दोलखाको मेलुङ गाउँपालिका जोड्ने छोटो रुट भएकाले स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष मोक्तानले दोरम्बा विभिन्न भूगोलका विकट रहेको र विकट गाउँमा यातायात संचालन गर्नका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले सडक पुगिसकेका बस्तीहरुमा स्तरउन्नती गरी सवारी साधन संचालनका लागि गाउँपालिका लागि परेको पनि बताउनुभयो ।
कार्यक्रममा गणेश हिमाल तराई यातायात प्रा.लि.का अध्यक्ष आत्माराम थापाले जनताको सेवाका लागि आफूहरु तयार रहेको र स्थानीय सरकार तथा जनताको साथ सहयोगले यातयात सेवा विस्तार गर्न पाएको बताउनुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य तुलाप्रसाद कडेलले धेरै समयको मेहनत धैर्यता र स्थानीय जनताको मेहनतले दुर्गम बस्तीमा सडक पुग्नु र नियमित बस संचालन हुनुले स्थानीय जनताले विकासको अनुभूति गर्न सहयोग पुगेको बताउनुभयो । पहिला स्थानीयले लामो पैदलयात्रा गरी सवारी साधन चढ्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले अब स्थानीय सरकारले सडकको स्तरउन्नती गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै खाडादेवी गाउँपालिका १ का वडाअध्यक्ष विष्णु श्रेष्ठले दोरम्बा गाउँपालिका र खाडाँदेवी गाउँपालिकाको अथक पहलले खैरहनी–गाल्पा–दोरम्बा –पात्ले रुटमा बस संचालन गर्न सफल भएको बताउनुभयो । उहाँले उक्त रुटमा बस संचालन गर्नका लागि आवश्यक पहल र सहयोग गर्न स्थानीय सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले अब जनताले सजिलै र सर्वसुलभ सवारी सेवा लिन सक्नेमा जोड दिनुभयो ।

     

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement