Mukhundo.com

विकासमा पक्षपाति हुदैनः मन्त्री ढुंगेल


mukhundo.com, २०७७ कात्तिक २६ बुधबार


विकासमा पक्षपाति हुदैनः मन्त्री ढुंगेल

दाेरम्बा । विकास निर्माणमा कुनै पार्टी वा  पक्षपाति नहुने बागमाती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल बताउनुभएको छ ।

बुधबार आज दोरम्बामा आइपुग्नुभएका मन्त्री ढुंगेलले दोरम्बामा स्थानीय जनतासंगकाे भेटघाट कार्यक्रममा यस्ताे बताउनुभएकाे हाे । उहाँले विकास निमार्णमा जनताकाे हितका लागि सबै पक्ष एक हुनुपनेर्नेमा जाेड दिनुभयाे ।

यस्तै, मन्त्री ढुंगेलले दोरम्बा जनताको आवश्यकताको आधारमा एक विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पतालको विकास गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले क्यान्सर वा मृगौला मध्ये एक सेवालाई विशषज्ञ सेवाको रुपमा विकास गरी समग्र रामेछापको जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन आतुर रहेको पनि बताउनुभयो । उहाँले बृद्धबृद्धाको उपचारका लागि स्वास्थ्य सेवा विस्तार गर्ने बताउनुभयो ।

मन्त्री ढुंगेलले गाल्पालाई केन्द्रमा राखेर सडक संजालको विकास गरी स्थानीय किसानले उत्पादन गरेको कृषी उत्पादनलाई बजारीकरण सम्म पुर्याउने वातावरण निर्माण गर्नमा सबै सरकार लागि परेको बताउनुभयो ।

उहाँले खैरहनी घाट र सित्खाबाट सडक कालोपत्रे गर्ने काम भइरहेको र अब सिधा राजधानीसंग सम्पर्क हुनका लागि बाटो छोटो र छिटो भएकाले समग्र यस आसपासका जनताले सेवा पाउने बताउनुभयो । मन्त्री ढुगेलले दोरम्बालाई आलु जोनको विकास गराउने बताउनुभयो । दोरम्बामा कृषी उत्पादनलाई पहिलो प्राथमिकता राखी कृषी सडकको विकास गर्ने बताउनुभयो । जनताको आवश्यकता र मागको आधारमा स्थानीय विकास गर्नमा लागि परेको पनि बताउनुभयो ।

मन्त्री ढुंगेलले विकास निर्माणमा कुनै पार्टी विशेष नहुने पनि बताउनुभयो । उहाँले विकासमा कुनै क्षेत्र, जात तथा पक्षपाति नहुने र यसलाई सबैले आफ्नोपनमा रुपान्तरण गरी अवनत्व ग्रहण गर्न पनि आग्रह गर्नुभयो । उहाँले अब रामेछापको प्रदेश ख को जनताले यातायात सेवा छिटो र छरितो र भरपर्दो पाउने बताउनुभयो । उहाँले जनताको सेवाका लागि सबै तहका सरकार प्रतिबद्ध रहेकोले आफू जनताको सेवामा अहोरात्र खटिने बताउनुभयो ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement