Mukhundo.com

बलात्कार र जबरजस्ती करणी विरुद्ध दोरम्बाको गुन्सालमा विरोध


mukhundo.com, २०७७ कात्तिक २२ शनिबार


बलात्कार र जबरजस्ती करणी विरुद्ध दोरम्बाको गुन्सालमा विरोध

दोरम्बा । बलात्कार र जबरजस्ती करणी विरुद्धको अभियान रामेछापको दोरम्बा ५ गुन्सालमा सामाजिक अभियन्ताहरुले विभिन्न चेतनामूलक प्ले कार्ड  तथा कालाे लुगा र कालै पट्टी बाधेर विराेध गरेका छन् ।

स्वतन्त्र युवा समाजिक अभियन्ताहरुले जबरजस्ती करणी तथा बलात्कारमा संलग्नलाई कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै युवाहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड लिएर विरोध गरेका हुन् । उनीहरुले जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था गर्नुपर्ने, जबरजस्ती करणी भए कम सजाय तोक्न नमिल्ने व्यवस्था हुनेपर्ने माग समेत गरेका छन् । अभियन्ताहरुले राष्ट्रपतिद्वारा यस कसुरमा माफी मल्तवी, परिवर्तन वा कम सजाय दिन नमिल्ने निश्चित कानुनको माग समेत गरेका छन् । बलात्कार तथा जबरजस्ती करणीको घटनामा प्रयोग भइरहेको शब्दहरु परिमार्जन गरी महिला तथा बालबालिकामैत्री बनाउन समेत माग गरेका छन् ।

 
अभियानमा अभियन्ताहरुले बलात्कार रोक, अझै कति सहने जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । अभियन्ताहरुले आफन्तबाट हुने जबरजस्ती करणी तथा बलात्कारका घटनालाई नलुकाई चुप नबस्न अभियानले आग्रह गरेको अभियानका अभियन्ता निमिका श्रेष्ठले जानकारी दिनुभयो ।

तस्बिरः निमिका श्रेष्ठ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement