Mukhundo.com

प्रथम वडा कप २०७७ को उपाधि लर्ड बुद्ध क्रिएटिभ प्रा.ली मुलकोट सिन्धुलीलाइ


mukhundo.com, २०७७ कात्तिक २१ शुक्रबार


दोरम्वा गाउँपालिका ४ नं वडा गौश्वाराले आयोजना गरेको प्रथम वडा कप फुटवल प्रतियोगिता फाईनल खेल आज सकिएको छ । फुटवल प्रतियोगिता प्रथम वडा कप २०७७ को उपाधि लर्ड बुद्ध क्रिएटिभ प्रा.ली मुलकोट सिन्धुलीले हात पारेको छ। शुक्रबार भएको फाइनल खेलमा शैलुङ मगर समाज दोलखालाई ४।३ को गोलले जीत हात पारेको हो ।

शैलुङ मगर समाज दोलखा उपविजेता हो भने तेस्रो हुनेमा टीम जिरी दोलखा र सान्त्वना आयोजक सुनगाभा युवा क्लव गौश्वरा भएका छन् । पुरस्कार विजेताले एक लाख, त्यस्तै उपविजेताले ७५ हजार र तृतीय हुनेले ५० हजार तथा सान्त्वना हुनेले २५ हजार रुपैयाँ साथै सवै विजेताले सिल, मेडल र प्रमाणपत्र पाएको आयोजक सुनभागा युवा क्लबले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement