Mukhundo.com

दोरम्बामा बौद्ध गुम्बा विहार संरक्षण संघको उपसमिति गठन


mukhundo.com, २०७७ कात्तिक २० बिहीबार


दोरम्बामा बौद्ध गुम्बा विहार संरक्षण संघको उपसमिति गठन

दोरम्बा । रामेछापको दोरम्बाका गाउँपालिका स्तरीय बौद्ध गुम्बा विहार संरक्षण संघको संगठन विस्तार भएको छ । दोरम्बामा रहेको विभिन्न गुम्बाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्नका लागि १३ सदस्यीय उपसमिति समिति गठन भएको हो ।
सोनाम लामाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको बौद्ध गुम्बा विहार संरक्षण संघ रामेछापका संस्थापक सदस्य जीना योन्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दोरम्बामा रहेको विभिन्न गुम्बाका प्रतिनिधि रहनेगरी समिति गठन भएको हो । यस्तै उपाध्यक्षमा बेदलाल घिसिङ चयन भएको छ ।

सचिवमा प्रेम सागर लामा चयन भएको छ भने कोषाध्यमा विमल लामा चयन हुनुभएको छ । यस्तै सह–सचिवमा गोपिलाल तामाङ चयन हुनुभएको छ । सदस्यहरुमा लौप्साङ लामा, सुमन घिसिङ, फुर्वा लामा, सानुबाबु लामा सर्वसम्मन चयन हुनुभएको छ । त्यसैगरी पासाङ डोमा शेर्पा र खेमबहादुर मोक्तान सदस्यमा चयन हुनुभएको छ ।


कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले नब निर्वाचित सबैलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले दोरम्बा गठन भएको बौद्ध गुम्बा विहार विकास संरक्षण समितिले दोरम्बाको गुम्बाहरुको संरक्षण र विकासका लागि सहयोग पुग्ने अपेक्षा पनि गर्नुभयो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement