Mukhundo.com

गुम्बाहरुको संरक्षण गर्न दोरम्बा गाउँपालिका प्रतिबद्ध छुः अध्यक्ष मोक्तान


mukhundo.com, २०७७ कात्तिक २० बिहीबार


गुम्बाहरुको संरक्षण गर्न दोरम्बा गाउँपालिका प्रतिबद्ध छुः अध्यक्ष मोक्तान

दोरम्बा । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले दोरम्बामा रहेको गुम्बाहरुको संरक्षण गर्न दोरम्बा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । बुधबार दोरम्बा २ दोरम्बा बौद्ध गुम्बा विहार संरक्षण समितिको समितिको विस्तार कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले दोरम्बा बौद्ध मार्गीहरुको बहुल्यता रहेको पालिका भएको र बौद्ध मार्गीहरुको आस्था रहेको गुम्बाको संरक्षण गर्नका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताउनुभयो ।

उहाँले पालिकाले दोरम्बामा रहेको गुम्बाहरुको तथ्यांक संकलन गरी गुम्बाको विकास र संरुक्षणका लागि आवश्यक निति तथा कार्यक्रम निर्माण गरी पुरानो गुम्बाहरुको संरक्षण गर्न स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बौद्ध गुम्बा विहार संरक्षण संघ रामेछापका अध्यक्ष हिमाल योञ्जनले गुम्बा विकासका लागि विभिन्न निकायका सरकारको समन्वयन अभावका भुकम्पपछि निर्माणमा समस्या आएको र यसलाई विभिन्न निकायले गुम्बा निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले केन्द्र र स्थानीय सरकारले छुट्टाछुट्टै निति लिएका कारण गुम्बा निर्माणमा समस्या भएको बताउनुभयो । प्रयाप्त बजेट भएपनि गुम्बा निर्माण गर्नका लागि समस्या भइरको भन्दै स्थानीय सरकारले समन्वयन र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा रेशमलाल योञ्जन, हरि योञ्जन लगायत विभिन्न गुम्बाका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement