Mukhundo.com

परिवर्तन, विकास र सम्बृद्धिको तत्व नै आवाज हो…..


mukhundo.com, २०७७ कात्तिक १६ आइतबार


परिवर्तन, विकास र सम्बृद्धिको तत्व नै आवाज हो…..

कुशुम थामी ‘कुशल’

विकासका आवाज, समृद्धिका आवाज र परिवर्तनका आवाज । आवाज आवाज नै हो । जव कुनैपनि स्थानमा, भू–भागमा कदमहरु/पाईलाहरु लाई अघि सारिएन भने त्यो शुन्यता आवाजको अर्थ रहँदैन । कुनैपनि क्षेत्रमा आवाजलाई अगाडि वढाउन र आवाजलाई प्रस्तुत गर्नु नै परिवर्तन र विकासको प्रवाह गर्नु हो । जव वुलन्द आवाजहरु नै विहिन भएपछि विकासका दौरान र परिवर्तनका संघारहरुमा शुन्यता रहन्छ ।

परिवर्तनलाई विभिन्न विश्लेषकहरुले विभिन्न कोणवाट विश्लेषण गरेको पाईन्छ । कुनै विश्लेषकहरुले परिवर्तन–परिवर्तन भनेको प्रारम्भको रुपान्तरण हो, नयाँ सुरुवात हो । अवश्य परिवर्तन भनेको हरेक समयमा सुरुवाती चरणमा नै रहेको हुन्छ । विकास र परिवर्तन कहिल्यै अन्त्य हँुदैन र पूरा हँुदैन, तर विकास भएर परिवर्तन हुन सक्छ । विकास अनि परिवर्तनका अवधारणाहरु अनेकौँ क्षेत्रमा प्रस्तुत भईरहेको हुन्छ ।

मानव विकास पनि त्यहिँ हो हिजो ढुंगे युग वाट कलियुग र अझ कलियुगवाट आधुनिकतामा प्रवेश गरिसकेको छ । यी सव परिवर्तन र विकासका पाटाहरु हुन् । आज विकासले विश्व फड्को मारिसकेको छ र मार्दैछ । सामान्य वस्तु÷तत्व देखि कल्पना नै गर्न नसकिने अपरम्पार यन्त्र/तन्त्र चमत्कारी चमत्कार गरिसकेको छ । यी सवै विकास र परिवर्तनका देन हुन् । नेपाली जनमानसमा पनि कैयाँैँ गुणा विकास र परिवर्तनका देन रहेको छ । हिजो अति सामान्य जीवनशैलीवाट जिईरहेको ब्यक्ति आज सुविधासम्पन्न खानदानमा जीवन निर्वाह गर्दैछन् ।

परिवर्तन एक चमत्कार चमत्कृत शब्द पनि हो । एउटा तत्व हो । विकास र परिवर्तनले हरेक प्राणी, हरेक पूर्वधार, हरेक क्षेत्रमा सजिलै प्रभाव पारेको छ । जसले नेपाली समाजलाई यो वाटो देखायो । परिवर्तन शब्द हरेक क्षेत्रमा अत्यधिक प्रयोग भएको नै हुन्छ । तर प्रचुर मात्रमा सामाजिक र राजनितिक क्षेत्रमा यो शब्दको प्रयोग मात्रमा रहन्छ ।

जव विकास, समृद्धि,परिवर्तन चाहनु र ल्याउनु त्यस क्षेत्रको नेतृत्वकर्ताको मुख्य भूमिका रहेको हुन्छ । विकास र परिवर्तन सामाजिक, राजनिति क्षेत्रका ब्यक्तित्वहरुको एक मेरुदण्ड नै हो । देशमा भईरहेको आर्थिक क्रान्ति, राजनितिक क्रान्ति र विकासका क्रान्ति परिवर्तन नै हो । जो नेपालमा पनि परिवर्तन र विकासका लागि हिजोको १९ दिने जनआन्दोलन, १० वर्षे जनयुद्धले ले ल्याएको परिवर्तन पनि यहि हो । जसले सामाजिक, आर्थिक राजनितिक क्षेत्रमा विकास हुनमा केहि भूमिका खेलेको छ ।

यस्तै आजको वद्लिदो परिवेशमा मानिसको सोच पनि परिवर्तन भएको छ । पूरानो जीवनशैलीवाट आधुनिक जीवनशैलीतिर लम्किनु परिवर्तनशील सोचको उपज हो । पूरानो संस्कार र सोचलाई थाती राखि नयाँ संस्कारलाई अंगाल्नु परिवर्तनको धार हो । समाज हिजोको त्यो परिवेशवाट नयाँ परिवेशमा पाईला टेकेको छ । हिजोका दिन भन्दा नेपाली समाजमा शिक्षालाई पहिलो प्राथमिकता दिएको हुनाले पनि आम मानिसको मनमस्तिष्कमा सकारात्मक भावनाको विजारोपन भएको र समाजको दृष्टिकोणमा पनि परिवर्तन आएको पाईन्छ । रुढीवादी सोचको वाहुल्यता रहेको हाम्रो समाज परिवर्तनको मार्गमा उभिएको छ ।

गाउँ समाजमा रहेको विभिन्न खाले हिंसाको आफैँ न्याय खोज्न सक्ने अवस्था सिर्जना भएको छ । समाजमा अझ वाल विवाह, कुरिति र कुसंस्कार प्रसस्तवाट अलि खस्किएको पाईन्छ । समाज आफैँ पनि विकास र परिवर्तन निराकरण वा पहिल्याउन सक्ने भएका छन् ।

मूलभुत पक्ष नै विकासका आवाज र परिवर्तनका आवाज हो । जति पनि विकास भएका छन् त्यो हिजोको समाज परिवर्तन चाहने हरुको नतिजा हो । तर नेपाली जनमानसमा आवश्यकता अनुसारको अझै विकास र परिवर्तन नभएको हामी आँकलन गर्न सक्दछाँै । देशमा विकास नभएको पनि भन्न सकिदैन र प्रचुर मात्रमा विकास भएको पनि भन्न सकिदैन, विकसित देशहरु संगको तुलनामा नेपाल निम्न अवस्थामा नै रहेको हामी आँकलन गर्न सक्दछौँ । यसको मूल कारक तत्व भनेको नेपालको राजनितिक अवस्था, जातिय अन्तरद्धन्द र भौगोलिक अवस्था संगै अन्य पक्षहरुले विकास हुनमा प्रभाव पारेको छ । आज नेपाल विदेशी शक्तिहरु वाट लिडिङ हुनुपरेको छ । सामाजिक विभेद, पहुँच र नेतृत्व ले गर्दा त्यी उत्पिडित वर्गहरु विकास वाट वञ्चित रहेका छन् । विशेषत अस्थिरता राजनितिक तथा कमजोर नेतृत्वले गर्दा समाजमा आशालाग्दो विकास हुन नसकेको हो ।

जो समाजको तथा निश्चित क्षेत्रको नेतृत्व गर्ने ब्यक्तिमा समाज परिवर्तनको भिजन कमजोर छ त्यो ब्यक्तिले समाजमा र निश्चित क्षेत्रमा परिवर्तन र विकास गर्न सक्दैन । जो अधिकाशं वर्तमान विभिन्न तहका सरकारमा यो देखिएको छ । अवसरवादी नेतृत्वकर्ताको कमजोरीको नतिजाले यो अवस्थामा निम्न वर्गका समुदायले विकास र परिवर्तनमा समस्या भोग्नुपरेका छन् । समाज र समुदायको वारेमा कुनै आलेखहरु तथा प्रस्तुतीहरु कुनै माध्यमवाट प्रस्तुत गरिरहँदा निश्चित ब्यक्तिले ग्रहण गर्न नसक्ने अवस्था पनि समाजमा अझैँ रहेको छ ।

जसवाट समाजलाई प्रेरणा मिलोस र समाज परिवर्तनको एक हिस्सा प्राप्त गरोस भन्ने हेतु लिदा समाजका आम ब्यक्तिमा सो खालका दक्षता भेटिदैन । यी सवै त्यहिँ समाज नेतृत्वकर्ताको कमजोरी हो । यहाँका परिवर्तन चाहने अधिकांश युवाहरुको सोच यहि हो । त्यसैले समाजमा विकास र परिवर्तन प्रारम्भ चरणमा नै रहनेछ । तर यी खाले समाजमा नौलो नेतृत्वकर्ता आवश्यक रहन्छ । जसमा समाज र समुदायप्रतिको लगावः परिवर्तन र विकासका पक्षधरले भरिपूर्ण भएको नेतृत्वकर्ता त्यो समाजमा आवश्यकता रहन्छ र विकासमा सो नेतृत्वकर्ताले कायापलट गर्न सक्छ । त्यसैले समाज परिवर्तनका एक माध्यम भनेको आवाज हो । जवसम्म विकास र परिवर्तन हुदैन र आवाज वुलन्द पानु आवश्यक छ ।
त्यसैले समाजमा वौद्धिक विकासको आवश्यकता छ ।

वौद्धिक विकास भनेको शिक्षा मात्र होईन, मानवता, सद्भाव र मनमस्तिष्कको विकास हो जो परिवर्तन र विकास भित्रैपर्दछ । अविकसित समाजले देश विगार्छ तथा देश विग्रेपछि घुमफिर समाज नै विग्रन्छ र समाज विग्रेमा ब्यक्ति विग्रन्छ भन्ने अर्थ आम मानिसले वुझ्नुपर्ने हुन्छ । सामाजिक वातावरण संवेदनशील हुन्छ र नयाँ वाटो तथा आयामहरु खोजेको हुन्छ । फलाम पनि त्यति धेरै कडा वस्तु हो कि निश्चितरुपमा आकार परिवर्तन नभएसम्म त्यसलाई रातो हुनेगरि तताउँदै घनले वारम्वार ठोकिन्छ र अन्तमा आफुले चाहेको साईजमा वनाउन सकिन्छ । त्यसैगरि जवसम्म समाज परिवर्तन हुँदैन, तवसम्म परिवर्तनशील कार्यहरु गरिरहनु नितान्त आवश्य हुन्छ । हामीले सभ्य समाजको परिकल्पना गर्नुपर्छ । समाजलाई परिवर्तनको वाटोमा डो¥याउन सकारात्मक दृष्टिकोण राख्नुपर्दछ । समाजका अगुवाहरुमा ईच्छाशक्तिको जागरुपता ल्याई आस्थावान विचारधारालाई आत्मसाथ गर्नुपर्छ र समाजको विकास र परिवर्तनको अपेक्षा सँगै मुल्याँकन गर्नुपर्दछ ।

अन्तमा मानिसले जस्तो भोग्छ त्यस्तै सिक्दछ र मानव जीवनमा पनि जीवनशैली त्यहि लागु गर्दछ । नेपाली राजनितिकमा पनि त्यहि भईरहेको छ । नेपाली राजनितिमा परिवर्तनका क्रान्तिहरु सवै मिलेर गर्न चाहन्छन् र अन्तमा लागु तथा कार्यन्वयन अवस्थामा होडवाजी जस पाउने काम गर्छन । यसको तात्पर्य खुट्टा तान्ने नेपाली राजनिति प्रवृत्ति पुरानै हो । यसले अहिले पनि त्यही गरिरहेको छ । तर अब नेपालको राजनितिज्ञहरुले यो प्रबृत्तिलाई छोड्न सक्यो भने मात्र नेपालको विकास र सम्बृद्धि सम्भव छ ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement