Mukhundo.com

नेकपाको केन्द्रिय समितिको बैठक निर्धारित समयमा बस्ने नबस्ने अनिश्चित


mukhundo.com, २०७७ कात्तिक १२ बुधबार


नेकपाको केन्द्रिय समितिको बैठक निर्धारित समयमा बस्ने नबस्ने अनिश्चित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो । तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिनुभयो ।
‘बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन’, प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement