Mukhundo.com

दोरम्बामा सहिद रामपथ सिढी निर्माण सम्पन्न


mukhundo.com, २०७७ कात्तिक १० सोमबार


दोरम्बामा सहिद रामपथ सिढी निर्माण सम्पन्न

दोरम्बा । रामेछापको दोरम्बामा निर्माण भएको सहिद रामपथ सिढी निर्माण सम्पन्न भएको छ । दोरम्बा गाउँपालिका कार्यापालिका सदस्य रिता महतेले पदमार्गको उट्घाटन गर्नुभयो ।

दोरम्बा सहिदहरुको रगतले सिंचिएको भूमी भएको भन्दै महतेले सहिदको सपनालाई साकार पार्नका लागि पनि यो पदमार्ग निर्माण गरिएको बताउनुभयो । उहाँले दोरम्बाका स्थानीय सरकार सहिदहरुको सपना पूरा गराउन लागि तत्पर रहेको बताउदै सहिदले देखाएको बाटो र सपनालाई साकार बनाउनका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

यस्तै कार्यक्रममा दोरम्बा गाउँपालिका २ का वडा सदस्य रन्जित मोक्तानले सहिद ठूलाराम र सानोराम तामाङको सम्झानामा उक्त पदमार्ग निर्माण भएको बताउनुभयो । उहाँले यस पदमार्गलाई क्रमबद्ध रुपमा निर्माण कार्यलाई निरन्तरता दिने र गोरिल्ला पदमार्ग पदमार्गसंग जोडिने बताउनुभयो । दोरम्बा हत्या काण्डमा साहदत भएका ठूलाराम र सानोरामको सम्झानामा बनाएको पदमार्ग युद्ध पर्यटनलाई समेत सहयोग पुग्ने बताउनुभयो । 

यसैगरी नेकपा दोरम्बा २ दोरम्बाका अध्यक्ष मेचमान योन्जनले यो पदमार्गले स्थानीय जनतालाई आवात जवातमा सहज भएको बताउनुभयो । उहाँले यस पदमार्ग निर्माणले सहिद राम पदमार्गले सहिदको योगदान र सहिदको गाउँलाई पहिचान गर्ने बताउनुभयो । उक्त पदमार्ग ३ लाख लागतमा निर्माण भएको हो ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement