Mukhundo.com

दोरम्बामा १ जनामा कोरना संक्रमण पुष्टि, ४६ जनाको रिपोर्ट नेगेटिभ


mukhundo.com, २०७७ कात्तिक २ आइतबार


दोरम्बामा १ जनामा कोरना संक्रमण पुष्टि, ४६ जनाको रिपोर्ट नेगेटिभ

दोरम्बा । रामेछापको दोरम्बामा बुधबार असोज २८ गते ४७ जनाको कोरणा भाइरस कोभिड १९ को परिक्षणका लागि स्वाब संकलन गरिएकामध्ये एक जनामा कोरना संक्रमण पुष्टि भएको छ । असोज २४ गते दोरम्बा १ डडुवाको एक शिक्षकमा कोरना संक्रमण पुष्टि देखिएपछि उक्त स्थानमा कन्ट्र्याक ट्रेसिङ गरिएको थियो ।

शिक्षकलाई कोरना पुष्टि देखिएसंगै विद्यालयका शिक्षक, सम्पर्कमा आएका विद्यार्थी तथा अभिभावकमा कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको थियो । यस्तै दोरम्बा प्राथमिक अस्पतालमा उपचारमा आएका खाँडादेवि र सुनापातीका विरामीमा पनि कोरना पोजिटिभ देखिएपछि दोरम्बा प्राथमिक अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गरिएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समेत उक्त विरामीको सम्पर्कमा आएकाले उनीहरुको पनि स्वाब संकलन गरिएको थियो । दोरम्बा प्राथमिक अस्पतालका ५ जना कर्मचारी तथा स्वास्थ्य कर्मी सहित दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान, उपाध्यक्ष कृशला घिसिङको पनि स्वाब लिएको थियो ।

स्वाब लिएका मध्ये १ जना पुरुषमा मात्र संक्रमण देखिएको उनलाई आइसोलेसनमा राखि उपचार गरिरहेको दोरम्बा प्राथमिक अस्पतालका प्रमुख डाक्टर सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांशमा नेगेटिभ देखिसंगै दोरम्बा प्राथमिक अस्पतालको सेवा सूचारु भएको बताउनुभयो । अहिले नियमित रुपमा अस्पतालको सेवा सुचारु गरि स्थानीयले सेवा दिइरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement