Mukhundo.com

दोरम्बामा ४७ जनाको स्वाब संकलन


mukhundo.com, २०७७ असोज २८ बुधबार


दोरम्बामा ४७ जनाको स्वाब संकलन

दाेरम्बा । रामेछापको दोरम्बामा बुधबार ४७ जनाको कोरणा भाइरस कोभिड १९ को परिक्षणका लागि स्वाब संकलन गरिएको छ । गत असोज २४ गते दोरम्बा १ डडुवाको एक शिक्षकमा कोरना संक्रमण पुष्टि देखिएको थियो ।

शिक्षकलाई कोरना पुष्टि देखिएसंगै विद्यालयका शिक्षक, सम्पर्कमा आएका विद्यार्थी तथा अभिभावकमा कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको हो । यस्तै दोरम्बा प्राथमिक अस्पतालमा उपचारमा आएका खाँडादेवि र सुनापातीका विरामीमा पनि कोरना पोजिटिभ देखिएपछि दोरम्बा प्राथमिक अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समेत उक्त विरामीको सम्पर्कमा आएकाले उनीहरुको पनि स्वाब संकलन गरिएको दोरम्बा अस्पतालका प्रमुख डाक्टर सन्तोष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पतालका ५ जना कर्मचारी तथा स्वास्थ्य कर्मीको स्वाब लिएको छ ।

यस्तै दोरम्बा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखको पनि स्वाब परिक्षणका लागि काठमाण्डौँ पठाइएको छ । अस्पतालमा आएको विरामीलाई सामन्य विरामी जस्तै गरी उपचार गरिएको र प्रयाप्त स्वास्थ्य मापदण्ड नअपनाएका कारण कोरनाको जोखिम बढेकाले अस्पतालको आकस्मिक बाहेकको सम्पूर्ण सेवा बन्द गरिएको छ । अहिले स्वास्थ्य कर्मी नै आइसोलेसनमा बस्नुपर्ने भएकाले अस्पतालको अन्य सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement