Mukhundo.com

दोरम्बा कोरना संक्रमणको उच्च जोखिममा, दोरम्बा प्राथमिक अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द


mukhundo.com, २०७७ असोज २७ मंगलबार


दोरम्बा कोरना संक्रमणको उच्च जोखिममा, दोरम्बा प्राथमिक अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

दोरम्बा । रामेछापको दोरम्बा कोराना भाइरसको उच्च जोखिममा परेको छ । दोरम्बा गाउँपालिका २ मा रहेको दोरम्बा प्राथमिक अस्पतालमा उपचार गर्न आएका विरामीहरु अन्यत्र रिफर गरिएको र उनीहरुमा कोरना संक्रमण देखिएका छन् । केही दिनअघि सुनापति र खाँडादेवीका स्थानीय दोरम्बा अस्पताल उपचारका लागि आएको थियो । तर उनीहरु दोरम्बाबाट फर्किएसंगै स्वाब संकलन गरी परिक्षण गर्दा उनीहरुमा कोरना पोजिटिभ देखिएका कारण दोरम्बामा कोरना जोखिम बढेको छ ।

दोरम्बामा कोरनाको जोखिम बढेपछि दोरम्बा प्राथमिक अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । अहिले कन्ट्र्याक ट्रेसिङको काम भइरहेको र दोरम्बा प्राथमिक अस्पतालको कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गर्ने तयारी गरेको दोरम्बा गाउँपालिकाका प्रशासकीय अधिकृत धिराज मरासेनीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका पदाधीकारी तथा कर्मचारीहरुको पनि कन्ट्र्याक ट्रेसिङ गरि परिक्षण गर्ने तयारी गरेको छ ।

दोरम्बा प्राथमिक अस्पतालमा उपचारका  लागि आएका विरामीलाई सामन्य विरामी जस्तै गरी उपचार गरेको तर प्रयाप्त स्वास्थ्य मापदण्ड प्रयोग नगरेका कारण जोखिम बढेको प्रमुख प्रशासकीय अधिकृत मरासेनीको भनाई छ । उहाँले भन्नुभयो, ‘‘हामीले सामान्य विरामी जस्तै गरी उचपार गर्यौँ तर पछि उहाँहरुमा कोरना पोजिटिभ देखियो, त्यही भएर हामीले अन्य सेवाग्राहीलाई कोरनाको लाग्न नदिनका लागि अस्पतालको सेवा बन्द गरिएका हौँ ।’’
केही दिन अघि दोरम्बाका एक शिक्षकलाई कोरना पोजिटिभ देखिएको थियो । अहिले उक्त क्षेत्रमा कन्ट्र्याक ट्रेसिङको कार्य जारी रहेको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement