Mukhundo.com

दोरम्बाका एउटा माविको परिक्षा स्थगित


mukhundo.com, २०७७ असोज २५ आइतबार


दोरम्बाका एउटा माविको परिक्षा स्थगित

दोरम्बा । रामेछापको दोरम्बा गाँउपालिकाको एउटा माध्यमिक विद्यालयको परिक्षा स्थगित भएको छ । कक्षा ११ को परिक्षा सञ्चालन गर्ने भनिए पनि शनिबार दोरम्बा १ को संजिवनी आधारभूत विद्यालयका शिक्षकमा कोरना पोजिटिभ देखिएपछि एउटा विद्यलायमा आजदेखि संचालन गरिने भनिएको परीक्षा स्थगित गरिएको दोरम्बा गाँउपालिकाले जनाएको छ । दोरम्बा गाउँपालिकाकाका शिक्षा अधिकृत धनध्वज लामाका अनुसार काकलिङ मावि र सुर्के द्यौराली मावि डडुवाको परिक्षा स्थगित भनिएता पनि सुर्के माविले भने परिक्षा संचालन गरिएको जनाएको छ ।
पालिकाले दुईवटा विद्यालयको परिक्षा स्थगित गरिएको भनेपनि सुर्के माविले परिक्षा संचालन गरेको सुर्के माविका शिक्षिका जीना योन्जनले बताउनुभयो । उहाँका अनुसार सुर्के माविमा परिक्षा संचालन भएको र स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्ने छन् ।
दोरम्वा गाउँपालिका भित्र का ४ वटा माध्यमिक तहका विद्यालयले सञ्चालन गर्न लागेको कक्षा ११ को परिक्षा वडा नं ३ र ४ र १ का विद्यालयले मात्र परिक्षा सञ्चालन गरेको छ । कोरनाको जोखिम बढेको र कन्ट्«याक ट्रेसिङको काम भइरहेकोले दुई वटा विद्यालयका परिक्षा स्थगित गरिएको हो । स्थगित भएको विद्यालयको परिक्षा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

सच्याइएकाेः यस अघि पालिकाले दिएकाे जानकारीमा त्रुटी भएकाले १ वटा विद्यालयमा मात्र संचालन भएकाे हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ ।-

सम्पादक

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement