Mukhundo.com

दोरम्बाको एक शिक्षकलाई कोरना पोजिटिभ पुष्टि


mukhundo.com, २०७७ असोज २५ आइतबार


दोरम्बाको एक शिक्षकलाई कोरना पोजिटिभ पुष्टि

दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिकामा एक जना शिक्षकलाई पनि कोरना पुष्टि भएको छ । दोरम्बा १ डडुवाको सन्जीवनी आधारभूत विद्यालय पात्लेमा अध्यापनरत शिक्षकमा कोरना पुष्टि देखिएको हो । उहाँलाई अहिले दोरम्बा प्राथमिक अस्पतालको आइसुलेसनमा राखिएको दोरम्बा गाउँपाकिाको स्वास्थ्य प्रमुख कमल प्रसाद भट्टराईले बताउनुभयो । अहिले उनी अध्यापनरत विद्यालयका अन्य कर्मचारी तथा शिक्षकहरुको कन्ट्रयाक ट्रेसिङको काम भइरहेको जनाएको छ ।
अहिले कन्ट्«याक ट्रेसिङको काम भइरहेको र अबको केही दिनपछि सबैको स्वाब परिक्षण गर्ने जनाएको छ । महोत्तरी घर भएका शिक्षक केही दिन अघि मात्र रामेछाप आएका थिए । उनी होम कोरेनटिनमा बस्दै आउनुभएको थियो । उहाँले विद्यालयमा कक्षा समेत लिएको हुँदा कन्ट्रयाक ट्रेसिङको काम गरिरहेको र कन्ट्रयाक ट्रेसिक सकिएपछि स्वाव परिक्षण गरि गर्ने काम हुने दोरम्बा गाउँपालिकाले जनाएको छ । यस्तै पालिकाले नआत्तिन पनि आग्रह गरेको छ । स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद भट्टराईका अनुसार सबैलाई नआतिन र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालन गर्न पनि आग्रह गरेको छ । अहिले दोरम्बाको अबस्था समान्य रहेको हुँदा स्थानीय जनातालाई नआतिन समेत आग्रह गरेको छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement