रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पूर्पक्षकालागि थुनामा राखिएको छ । अध्यक्ष खड्कालाई शरिर बन्धक, जवरजस्ती करणी तथा ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा राख्न रामेछाप जिल्ला अदालतले आदेश दिएको हो । अदालतको आदेशसंगै उनलाई कारागार चलान गरिएको जनाएको छ ।
रामेछाप जिल्ला अदालतमा तीन दिनको बहस सकेर शुक्रबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त आदेश दिएको हो । खड्का विरुद्ध गाउँपालिकामा कार्यरत चनखु घर भएकी एक स्वास्थ्यकर्मीले आफु माथि जवरजस्ती करणी गरेको जाहेरी दर्ता गराएकी थिईन ।
खड्का विरुद्ध ३ वटा मुद्धामा प्रहरीले एकै साथ अनुसन्धान गरेको थियो । तीन मध्ये अन्य दुई मुद्धामा भने अदालतले धरौटी माग गरेको छ । खड्का विरुद्ध धोवि वजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङ्ग तामाङ्गलाई पालिकामा शरीर वन्धक वनाएको मुद्धामा २ लाख र स्थानीय शेरवहादुर खड्काको जग्गा लेनदेनका क्रममा ठगि गरेको अभियोगमा दायर भएको मुद्धामा ५० लाख धरौटी माग गर्ने फैसला समेत पराजुलीको इजलासले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्कासगैं शरिर वन्धक मुद्धामा विपक्षी वनाइएका लालवहादुर तामाङ्गलाई १ लाख धरौटी मागेको छ । पौडेलले अदालतको प्रकृया पुरा गरी खड्कालाई शुक्रबारै रामेछाप कारागार चलान गर्न आदेश दिएको छ ।
शरिर बन्धक मुद्धामा दर्पण घिसिङ्गको जाहेरी परेपछि पक्राउ परेका खड्काका विरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्धा दर्ता भएका थियो । प्रहरीले तीनवटै मुद्धाको अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो । अनुसन्धान सकेर बयानका लागि अदालतमा पेश गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खडकालाई थप १५ दिन प्रहरी हिरातकै आईसुलेसनमा राख्न आदेश दिएको थियो । हिरासतमा रहेका खड्कालाई दोश्रो पटक समेत कोरोना पोजेटिभ आएको थियो ।