Mukhundo.com

दोरम्बा गाउँपालिकाका २ दोरम्बा वडा कार्यालयद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो


mukhundo.com, २०७७ असोज ४ आइतबार


दोरम्बा गाउँपालिकाका २ दोरम्बा वडा कार्यालयद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो

दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिका २ दोरम्बाको वडा कार्यालयले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रमका बीच दीप प्रज्वलन गरेको दोरम्बा २ नं वडा कार्यालयले जनाएको छ ।

शनिबार साँझ गरेको कार्यक्रममा वडा अध्यक्ष खड्क बहादृर श्रेष्ठले जनताको रगत पसिनाले आर्जेको संविधानको कार्यन्वयन र अवनत्व गर्नका लागि सबै तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न आन्दोलन, हजारौँ सहिदहरुको बलिदानीले नेपालको संविधान निर्माण गरेको स्मरण गर्दै जनताको अमूल्य मत तथा योगदानले नेपालको संविधान निर्माण भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा दोरम्बा २ का अध्यक्ष मेचमान योन्जनले नेपालको राजनितिक इतिहासमा ठूलो बलिदान र आन्दोलनले निर्माण गरेको संविधानले सबै नेपाली जनताको आवाजलाई समेटिएको नेपालमा संविधान कार्यान्वयनको पक्षमा रहेको भन्दै उहाँले कार्यान्वयनलाई सहज ढंगबाट लिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस दोरम्बाका सभापति केशब कुमार लामाले नेपालको संविधान निर्माणमा नेपालका धेरै राजनितिक आन्दोलनको भूमिका रहेको बताउनुभयो । उहाँले पुष्पलाल श्रेष्ठ, विपी कोइराला जस्ता धेरै होनाहार राजनितिक नेता र नेतृत्वको योगदान रहेको बताउनुभयो ।  

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement