Mukhundo.com

शैलुङ प्रवेशद्वार खोलाखर्कमा जग्गा अतिक्रमण


mukhundo.com, २०७७ असोज १ बिहीबार


शैलुङ प्रवेशद्वार खोलाखर्कमा जग्गा अतिक्रमण

दोरम्बा । दोरम्बा गाउँपालिका १ डडुवाको खोलाखर्कमा सरकारी जग्गा अतिक्रमण गरिएको पाइएको छ । खोलाखर्कमा स्थानीयले जग्गा प्लटिङ गरी आफूखुसी विभिन्न प्रायोजनका लागि विभिन्न संरचना बनाउने काम गरेको पाइएको दोरम्बा गाउँपालिकाले जनाएको छ ।

बिहिबार दोरम्बा गाउँपालिकाले एक सुचना जारी गरी खोलाखर्कमा जग्गा अतिक्रमण गरेको पाइएको र तत्काल उक्त स्थानमा कुनै पनि संरचना नबनाउन सुचना जारी गरिएको छ । दोरम्बा गाउँपालिकाको उपाध्यक्ष कृशला घिसिङले जारी गरेको एक सुचनामा उक्त स्थानमा गाउँपालिकाको कुनै अनुमतिबिना जग्गा बाडफाड गरि विभिन्न संरचना बनाउने काम गरिरहेको भन्दै तत्काल राक्न माग गरेको छ ।

सुचनामा भिनएको छः दोरम्बा गाउँपालिका भित्र विभिन्न क्षेत्रमा सार्वजनिक जग्गामा संरचना निमार्ण लगायतका सार्वजनिक जग्गाको उपयोग र अतिक्रमण भएको हुँदा तत्काल यो कार्य सम्पूण दोरम्वा गाउँपालिका भित्रका आम जनसमुदायले रोक्न दोरम्बा गाउँपालिकाले अाग्रह गरेकाे छ ।

तसर्थ यो सुचनालाई व्यवास्ता गरेमा तथा सोहि कार्य पुनः दोहो¥याएमा प्रचलित कानुनी प्रक्रिया अगाडि वढाई दोषीलाई कार्बाहीको दायरामा लैजाने पनि भनिएको छ । पर्यटकीय क्षेत्रको शैलुङको सरकारी जग्गा लिजमा वा दिने कुनैपनि निर्णय प्रक्रिया हालसम्म दोरम्बा गाउँपालिकाले नगरिएको स्पष्ट पार्दै गाउँपालिकाले तत्काल अधिक्रमणलाई रोक्न माग गरेको छ । खोलाखर्क शैलुङ प्रबेशको मुख्य द्वारको रुपमा लिइन्छ ।

यसअघि खोलाखर्कमा गाउँपालिकाले बजार व्यवस्थापनमा लागि पुरानो सडक छेउका संरचना हटाइ बजार व्यवस्थापन गर्ने भनिएको थियो भने उक्त कार्य अहिले रोकिएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement