Mukhundo.com

रामेछापमा निषेधाज्ञा ५ दिन थपियो


mukhundo.com, २०७७ भदौ ११ बिहीबार


रामेछापमा निषेधाज्ञा ५  दिन थपियो

दोरम्बा । रामेछापमा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरिय संकट व्यवस्थापन समितिले थप ५ दिनका लागि निषेधाज्ञा थप्ने निर्णय भएको रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

प्रजिअ शर्माले रेडियो ताल्चुइगढीसंग कुरा गर्दै अहिले छिमेकी जिल्ला तथा केन्द्रमा बढिरहेको संक्रमणलाई मध्येनजर गरी आगामी भदौ १८ गते राती १२ बजेसम्मका लागि थप गरिएको बताउनुभयो ।

निशेधाज्ञा अविधी भर शैलुन, ब्यूटि पार्लार खोल्न पाइनेछैन भने भिडभाड पनि गर्न नमिल्ने प्रजिअ शर्माले बताउनुभयो । उहाँसंग गरेको कुराकानी राती १० बजेको रेडियो ताल्चुइगढी १०७.७ मेगाहर्जको ताल्चुइगढी समाचारमा सुन्न सकिनेछ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement