कुलमानको चार बर्षे कार्यकाल, एक कुशल र निडर प्रशासकको भूमिका निर्बाह


mukhundo.com, २०७७ भदौ १० बुधबार


कुलमानको चार बर्षे कार्यकाल, एक कुशल र निडर प्रशासकको भूमिका निर्बाह

२०७३ साल भदौँ २९गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको थियो । उनको कार्यकाल सकिन अब १९ दिन मात्र बाँकी छ । अब उनलाई फेरी दोहोर्याउछन् या दोहोर्याउदैनन् भन्ने चर्चा चिया पसलदेखि मेला पात र शहरबजारतिर हुने गरेको छ ।

कुलमान, हरेका ब्यक्तिको मुखमा बत्ति जादाँ र आउँदा बोल्ने भाषा भएको छ । बत्ति जाँदा कुलमान गयो भन्दै चिच्याउने बोलि बन्यो । यसरी बोल्दा बोल्दै गर्दा अब नेपाल विद्युत प्राधिकरणबाट कुलमान जादैँछ । अब त औला गन्ने दिन पनि आयो । किनभने उनको कार्यकाल भदौ २९ गतै सकिदैछ । ४ बर्षको कार्यकालमा उनले धेरै काम गरे । अझ धेरै काम गर्न बाकी छ ।

कुलमानको सर्वसाधरणदेखि नेता तथा मन्त्री प्रधानमन्त्रीले पनि उनको कामको प्रशंसा गरेको छ । तर उनको कार्यकालको बारेमा ठोस निर्णय नभईसक्दा सामाजिक संजालमा अर्को कार्यकाल थप्नका लागि अभियान नै संचालन गरेका छन् ।
कुलमान २०५१ सालमा सातौ तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए । रसुवाको चिलिमे जलविद्युत कम्पनीका निर्देशकको भूमिकामा रहेको घिसिङ चिलिमे जलविद्युत आयोजनाबाट काठमाण्डौँमा सरुवा भएको थियो । उसो त त्यो बेलामा पनि रसुवाबासीले कुलमानलाई पुर्नबाहली हुनेपर्ने भन्दै आन्दोलन समेत गरेका थिए ।

रसुवामा हुँदा उनले रसुवाबासीलाई गरेको योगदानकै कारण उनको सम्मान गर्ने गरेको रसुवाबासीको तर्क छ । रसुवाबाट काठमाण्डौँ आएपछि उनी भूमिका विहिन थियो । लगभग प्राधिकरणको जागिर छोड्ने तरखरमा रहेको बेला उनी प्राधिकरणको कार्यकारी निर्देशकको भूमिकाको जिम्मेवारी पाएका थिए । तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई कार्यकारी निर्देशकको भूमिकामा नियुक्ति दिएको थियो ।
उनले जिम्मेवारी पाए पनि उनलाई उनकै कार्यालयका कर्मचारीले साथ दिएनन् । उनी विरुद्ध अदालतसम्म पुगेका थिए । तर अदालतले नियम अनुसारनै उनको नियुक्तिलाई सदर गरिएको थियो र उनले काम गर्ने अवसर पायो । उनले २०७३को लक्ष्मी पूजाको दिन धेरै बत्ति नबाल्न आग्रह गरेनन् बरु उनी आफै भारप्रेसर केन्द्रमा गएर रातभरी काम गरे । त्यो रात काठमाडौँमा बत्ति गएन र उनले काठमाण्डौँलाई लोडसेडिङ मुक्त बनायो । यसरी थालनी गरे उनले विद्युत प्राधिकरणमा सुधारका पक्षहरु ।

अहिले देशैभरी लोडसेडिङ छैन । यति मात्र होइन उनले डुब्दै गरेको प्राधिकरणलाई मुनाफामा समेत लैजान सफल भयो । सधै घाटाको व्यापार गरिरहेको प्राधिकरण कुलमानको कार्यकालपछि मुनाफामा छ । आर्थिक बर्ष २०७२÷२०७३ आइपुग्दा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब र ६९करोड रुपैया पुगेको थियो । तर उनी आएसंगै आर्थिक बर्ष २०७३्÷२०७४ मा प्रविधिकरणले १ अर्ब ४७ करोड रुपैया खुदा नाफा कमायो ।

४ बर्षमा प्राविधिकरणले व्याज सहित ३५ अर्ब रुपैया सञ्चित घाटा भुक्तान गरि ५ अर्ब सञ्चित नाफा गरिसकेको छ । उनले घाटाको कलंक अन्त्य गरि नाफाको युग सुरु गरेको प्राविधिकरण सबैभन्दा बढि नाफा कमाउने सार्वजानिक संस्थान बन्न पुगेको छ ।

प्राधिकरणलाई मुनाफामा पुर्याउन विद्युत चुहावटलाई कम गर्न सफल भएका कुलमानले यो बर्षसम्म आइपुग्दा झण्डै १५ प्रतिशत मात्र चुहावटलाई सिमित गराउन सफल भयो । यसले विद्युत चुहावटबाट हुने घाटालाई पनि घटाएको छ । उनले चुहावट घटाएसंगै चुहावट बाट हुने ८ अर्ब घाटा घटाउन सफल भएको छ । यसरी घाटामा गएको विद्युत प्राधिकरणलाई मुनाफामा पुर्याउने कुलमानलाई अबको सरकारले कार्यकाल थप्छन् कि थप्दैनन् भन्ने चासो धेरैलाई छ ।

यति मात्रै होइन कुलमानको बिदाइसंगै लोडसेडिङको आगमन हुने हो की भन्ने डर पनि आम जनतामा रहेको पाइन्छ । यसप्रति बेलैमा सम्बन्धित सराेकारवाला निकायको ध्यान जान्छन् की जादैनन् भन्ने कुरा अबको १९ दिनपछि थाहा हुन्छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement