Mukhundo.com

कम्युनिष्ट पाटींमा दुई अध्यक्ष हुनु नै गलत हो, अन्तरसंघर्ष स्वभाविक हो: अध्यक्ष मोक्तान


अन्तरबार्ता

mukhundo.com, २०७७ भदौ ९ मंगलबार


नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष हुनु नै गलत भएको बताएका छन् । उनले हतारमा निर्णय गर्ने र फुसंदमा पछुताउने प्रबृत्तिले नेपालको कम्युनिष्ट पार्टीलाई बाधा पुर्याएको बताए । दशबर्षको जनयुद्धमा समेत सामेल रहनुभएको मोक्तान दोरम्बा हत्याकाण्डमा हामफालेर ज्यान जोगाउनेमध्येको एक हुनुहुन्छ । प्रस्तुत उनीसंग रेडियोगढीले लिएको संबादको सारसंक्षेप ।

जनयुद्धको मुद्धा के के थियो ? स्थायी र स्थिर राजनितिक छ अहिले चहिँ यो अवस्थामा तपाईले उठाउनु भएको सवालहरु के कति पुरा भयो तपाईलाई के लाग्छ ?
खासगरिकन नेपालमा २०५२ साल फाल्गुण १ गते वर्ग संघर्ष या वर्ग युद्धको उद्घोष भयो । अव त्यो उद्घोषको कारण के थियो भने नेपालका जनता गरीव छन् । नेपालका जनता भोकै छन्, नाङगै छन् र खासगरीकन गाँस, वास र कपास तथा शिक्षा,स्वास्थ्य र रोजगारीको ज्ञारेन्टी गर्ने उद्देश्यका साथ नेपालमा भएको सामन्तवादी राज्य सत्तालाई पल्टाएर त्यसको सट्टा नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने उद्देश्यका साथ नेपालमा त्यो वर्ग संघर्ष अर्थात दश वर्षे जनयुद्धको सुरुवातको भएको थियो र आरम्भ भएको थियो र अहिले त्यो कति पूरा भयो । त्यसका त्यतिखेर लक्षित उद्देश्यहरु कति प्राप्त भए या भएनन् भन्ने सन्दर्भमा चहिँ नेपालमा राजतन्त्र को समाप्त भयो र गणतन्त्रको स्थापना भएको छ र राजनितिक, आर्थिक, सामाजिक अधिकारको हिसावले अहिले सवै कुरा सवै अधिकार प्राप्त भईसक्यो भन्ने छैन ।

सामन्तवादी राज्य सत्ता मात्र ढलेको छ । अरु अझ त्यसका केहि अवशेषहरु सँग भने हामी अझ जुध्न वाँकी नै छ । त्यसोभएको हुनाले अहिले सवै अधिकारहरु प्राप्त भईसकेको छैन तर केहि अधिकारहरु चहिँ हामी प्राप्त गरेका छौँ जस्तै गणतन्त्र आएको छ, धर्मनिरपेक्षता आएको छ, समावेशीता प्राप्त भएको छ । यी हाम्रा उपलब्धी हुन्, र यतिमात्रै जनयुद्धको लक्ष थियो यतिमात्रै वर्गसंघर्षको उद्देश्य थियो भन्ने होईन ? हामीले नेपालमा गाँस,वास,कपास,शिक्षा,स्वास्थ्य र रोजगारी सहितको समाजवादी राज्यसत्ता स्थापना गर्ने हाम्रो लक्ष थियो । तर यो सवै कुरा प्राप्त भईसकेको छैन । त्यो प्राप्त गर्न र गर्ने वाटो तिर देश अगाडि बढिरहेको छ । नेपालको राजनितिक अगाडि बढिरहेको छ ।

भनेको केहि जनयुद्धका मुद्धाहरु संवोधन भएपनि केहि अझै वाँकी नै छ ?

हो, केहि संवोधन भए र केहि बाँकी छ र त्यसको निम्ति हामीले अझ अहिले सजिलै सँग त्यो प्राप्त हुन्छ भन्ने हिसावले पनि हामीले सोच्नुहुन्न किनभने त्यो विषयबस्तु हामीले उठान गर्दै र त्यसलाई कार्यन्वयन गर्दै जानुपर्ने छ । त्यसो हुँदाखेरि अहिले त्यो चहिँ हाम्रो लक्ष्यहरुको प्राप्तिको निम्ति हामीले मेहनत गर्न जरुरी छ ।
धेरै स्थानीय सरकार र केन्द्र सरकार स्थानीय सरकारमा पनि तपाईहरुको नै पार्टीको नेतृत्व छ र केन्द्रमा पनि अहिले केन्द्र सरकारको पनि तपाईहरुको नै पार्टीको नेतृत्व छ । आम जनताले चाँही जनताले दिएको मत कदर गर्न सकिएन भन्ने जन गुणासो छ नी ?

यसमा दुई वटा कोणबाट हामीले विश्लेषण गर्नुपर्छ भन्ने मेरो मान्यता छ । एउटा जति गरेपनि विराधीहरुले या अरु ब्यक्तिहरुले त्यसको राम्रो काम गरेपनि नराम्रो काम गरिरहेको छ भन्ने भ्रम छरिरहने एउटा चलन छ ।

अव यो चलनबाट हामी मुक्त हुनु जरुरी छ वा यसको वारेमा हामी वुझ्नु जरुरी छ । दोस्रो कुरा सरकारमा जानेहरुले पनि जति पहिला सत्ता भन्दा बाहिर रहँदा खेरि जति कुुराकानी गर्छ त्यो कुरा सत्तामा पुगेपछि वा कुर्सीमा पुगेपछि अलि भुल्ने गर्छ र अहिले पनि हामीलाई ठीक त्यँहि अवस्था त्यो रोगवाट हामी पनि ग्रसित छौँ । हामीले हिजो जे भनेका थियौँ त्यो हामीले गर्न सहिरहेको छैन ।

अव सरकारमा जे उद्देश्यका साथ सरकारमा गयो त्यो उद्देश्य तर केहि कुराहरु त पूरा भएको छ तर पनि सवै कुरा जुन उद्देश्य राखेर सरकारमा गएको हो अव नेपाली जनताले लगभग दुई तिहाईको नजिक पुग्ने गरेर नेपाली जनताले जनमत दियो नेकपाले सरकार चलाओस्, नेकपाले सत्ता चलाओस, नेकपाको सत्ता हेराैँ भनेर नेपाली जनाताले दियो तर त्यो अपेक्षा भने पूर्ण रुपमा भएको छैन ।

जो सत्तामा गईसके पछि हिजो जनता सँग गरेका केहि जो प्रतिवद्धताहरु कार्यन्वयन गर्न कमजोर भएको हो कि भन्ने तपाईले भनिरहँदा खेरि जस्तो सत्तामा पुगिसकेपछि पार्टीको निर्देशन नमान्ने प्रवृत्ति बढेको जस्तो लाग्छ ?

यो त सहि मा सहि नै यहिँ हो । जव सत्तामा मान्छे पुग्छ सत्तामा पछि सत्तामा पुग्नु भन्दा अगाडि यहाँ चहिँ जव निर्वाचन आयो निर्वाचनमा नेता चाहिन्छ कार्यकर्ता चाहिन्छ, पार्टी चाहिन्छ यी सवै चाहिन्छ । पार्टीले गर्नुपर्छ जव सत्तामा पुगेपछि त्यो सवै कुरा विर्सन्छ । त्यो पार्टी पनि विर्सन्छ त्यो कार्यकर्ता पनि विर्सन्छ, नेता पनि विर्सन्छ यस्तो चलन छ ।

त्यसो भएको हुनाले अव यो चहिँ अहिले पार्टीको निर्देशनमा सत्ता चल्ने कि नचल्ने ? हामीले यो सत्ता सञ्चालनको पनि मोडलको वारेमा हामीले पार्टी भित्र वहस छलफल पार्टी भित्र चलाउनु जरुरी छ । किनभने पार्टी सत्ताद्धारा निर्देश हुने कि पार्टीद्धारा सत्ता निर्देिशत हुने या पार्टीको कमानमा सरकार रहने कि सरकारको कमानमा पार्टी रहने भन्ने विषयमा चहिँ हामीले गम्भिर ढँगले पार्टीभित्र वहस छलफल चलाउनु र गर्नु जरुरी छ ।

किनभने अझ हामीले दश वर्ष जनयुद्ध लडेर या जनआन्दोलनवाट आएको साथीहरुले यो विषयमा गम्भिरताका साथ छलफल गर्नुपर्ने दखिन्छ । हामीले एउटा उद्देश्य राखेर जनआन्दोलन गर्यौँ । एउटा उद्देश्य राखेर जनयुद्ध गर्यौँ अनि जनयुद्धको उद्देश जनआन्दोलनको उद्देश्य भन्दा हामी कतै वाहिर जाने हैन भन्ने आशंका पनि यतिखेर कार्यकर्ता लेवलमा, नेता लेवलमा छ ।

त्यसो भएको हुनाले यसलाई चिर्नको निम्ति हामीले के गर्नुपर्छ भने वहस चलाउनु जरुरी छ । सैद्धान्तिक हिसावले हामी क्लियर छौँ, हाम्रो पार्टी क्लियर छ पार्टीले सरकारको नेतृत्व गर्ने हो । सैद्धान्तिक रुपमा क्लियर छ जव ब्यबहारिक रुपमा जाने सन्दर्भमा चहिँ त्यो ठूलो नेता दखि तल सम्म, प्रधानमन्त्री देखि वडाध्यक्ष सम्म पनि यो लागू भईरहेको छैन ।

अव सरकारमा पुगेपछि त्यो पार्टीको कुरा नै छोडिद्उँ, मेरै क्षमताले मेरै वलवुताले यो पोष्टमा पुगेको भन्ने वुझाई हुन्छ । त्यसो हुनाले त्यो विषयमा हामीले करेक्सन गर्न जरुरी छ । विशेषगरेर यो पनि हो कि अहिले यस्तो पनि चलन छ कि सरकार भन्दा बाहिर हुनेले सरकारमा भएकोले गरेन भन्छन् फेरि त्यो साथी फेरि सरकारमा पुग्छ । सरकारमा पुग्दा उसको पनि अवस्था त्यस्तै हुन्छ । त्यसोभएको हुनाले यो विषयमा पार्टीले निश्चित निति निर्धारण गर्नुपर्ने हुन्छ । सैद्धान्तिक रुपमा पार्टीको निति क्लियर छ ।

पार्टीद्धारा नै सत्ता निर्देशित हुने, पार्टीको कमानमा नै सत्ता सञ्चालित हुने भन्ने कुरा क्लियर छ तर ब्यबहारिक पाटोमा आएपछि आपmने आफूलाई जे जे लाग्यो मैले त्यहिँ गर्दा हुने भन्ने खालको धारणा छ यो विषयमा जनता, कार्यकर्ता र नेताहरुले पनि प्रश्न उठाउनु पर्ने र यसको वारेमा निर्मम ढगंले छलफल गर्नुपर्ने र यसलाई सेटमा लैजानुपर्ने देखिन्छ । त्यसो भएको हुनाले यसको दायित्व पूरा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

भनेको प्रतिपक्षले विरोध गर्ने त छँदैछ । प्रतिपक्ष सँग सरकारले काम गरेन भन्ने विभिन्न विरोधका बीचमा पनि पार्टीले पनि असहयोग गर्यो भन्ने एकातिर जो सरकार सञ्चालन गर्न पुगेका साथीहरुले पनि त्यसरी विरोध गरिरहेका छन् । तर एकातिर पार्टीले चहिँ सहयोग नगरेको अथवा पार्टी निर्देशन नगरेको भन्ने विषयमा त जो सरकारमा पुगिसकेपछि चहिँ पार्टीलाई भुल्ने प्रविधिले अहिलेको सरकार अपेक्षा अनुसार चल्न नसकेको जस्तो देखिन्छ ?

अँ त्यो छैन । पार्टीले चाहेको अनुरुपमा नै चलेको छैन सरकार । पार्टीले जुन खालको अपेक्षा राखेको थियो । जनताले जुन खालको अपेक्षा राखेको थियो, नेता कार्यकर्ताले जुन खालको अपेक्षा राखेको थियो त्यो अनुरुप चलेको नै छैन । मनगढण्ते तरिकाले आफूलाई जे लाग्छ त्यो कुनै सहि हो भन्ने तरिकाले सरकार सञ्चालित छ ।

अव सरकार भन्दा वाहिर जाऊँ, हुनत तपाई मैले अघि पनि भनेँ कार्यक्रमको सुरुमा तपाईसँग जनयुद्ध जो अहिले सशस्त्र विद्रोह भन्ने जुन एउटा धेरैले भन्ने गरिन्छ । एकातिर त्यतिवेलाको नेपाल कम्युनिस्ट पार्टी माओवादी जसले चहिँ आजसम्म जनयुद्ध भनेर नाम दिएका छन् र केहि जो प्रतिपक्ष लगायत केहि दलहरुले चहिँ यसलाई सशस्त्र विद्रोहको रुपमा नै लिएको छ । तपाई जनयुद्धकालिन अवस्थामा कसरी र कहाँ वाट जोडिनु भयो ?

अव यसको पृष्ठभूमि भनेको कहाँवाट चहिँ हो भने जव नेपालमा यतापट्टि अहिले पूर्व एमाले, पूर्व माओवादी भन्ने चलन पनि छ अव हामीले त्यसलाई त्यस्तो नभन्ने भन्ने पनि हामी भनिरहेका छौँ । वामपन्थी आन्दोलनमा थुप्रै धारा उपधाराहरु थिए, साना साना टिम, पार्टीहरु थियो । र जव २०५२ साल २०५१ साल भन्दा अगाडि नेकपा एकता केन्द्र भन्ने पार्टी थियो ।

त्यो नेकपा एकता केन्द्र चहिँ भित्र दुई लाईन संघर्ष चल्यो । एउटा लाईनले के भन्यो भने तुरुन्त नेपाल को सन्दर्भमा नेपालमा जनयुद्ध सुरु गर्नुपर्छ । नेपालमा हतियार वद्ध युद्धको सुरुवात गर्नुपर्छ भन्ने एकातरी रह्यो भने एकाथरी चहिँ अहिले अलि वेला भएको छैन सशस्त्र ढगंले जानुपर्छ, जनयुद्ध होईन कि सशस्त्र युद्ध गर्नुपर्छ भन्ने दुईवटा धारा आईसकेपछि २०५१ सालमा नेकपा एकता केन्द्र फुटेर अर्का नेकपा एकता विभाजित भयो ।

विभाजित भैसकेपछि एकातिर नेकपा एकता केन्द्र र अर्कोतिर नेकपा माओवादी भनेर दुईवटा पार्टी बनेपछि त्यतिखेर वाट नै नेकपा माओवादी मा म चहिँ आवद्ध भएर संवद्ध भएर म यता आएको हुँ । त्यसैगरि अव हामीले बैधानिक, अवैधानिक त्यतिखेर मेरो खास गरिकन राजनितिक पृष्ठभूमिको कुरा गर्ने हो भने मैले विद्दार्थी आन्दोलनवाट, विद्दार्थी सँगठनवाट राजनितिकको आरम्भ गरेको हँु ।

र अहिले अव विद्दार्थी हुदै अव फेरि पार्टी हुँदै, सेना हुँदै आवश्यकताको आधारमा सैद्धान्तिक चै कुरा के थियो र हाम्रो निति के थियो । तत्कालिन नेकपा माओवादीको हो भने कार्यकर्ता भनेको चहिँ पेचकिला जस्तो हुनुपर्छ जता फिट गर्यो त्यतै फिट हुनुपर्छ भन्ने थियो त्यसैको आधारमा हामी कहिले विद्दार्थी कहिले, कहिले सेना, कहिले पार्टी जताजता पार्टीले फिट गथ्र्यो त्यतै त्यतै फिट हुदै यहाँ सम्म आईपगेका छौ । त्यसैले गर्दा चहिँ जनयुद्धमा यो ढगंले २०५१ सालवाट नै म जोडेर आएको हुँ ।

जतत्कालिन जो जनयुद्धमा होमिएका पार्टी वीच शान्ति सम्झौतका लागि भनौँ शान्ति वार्ताका लागि दोस्रो चरणको शाान्ति वार्ताका लागि तयारी अवस्थामा रहँदा रामेछापको दोरम्बामा दोरम्बा हत्याकाण्ड भयो । त्यो हत्याकाण्डमा तपाई चहिँ जोगिएर जो आफ्नो त्यो वेलाको तत्कालिन तपाईको पार्टीले चहिँ दोरम्बा हत्याकाण्डका जिउँदा सहिद कै रुपमा नामकरण गरिएको थियो । त्यो घटनाको स्मरण गर्न सक्नुहुन्छ ?

अव त्यो घटनाको स्मरण त अहिले पनि झलझलति आँखा अगाडि देख्न सक्छौ । जव वार्षिक रुपमा साउन ३२ गते आईसके पछि त्यो घटना आँखा अगाडि नै आउने गर्छ । अव त्यतिखेर शान्ति प्रक्रिया भएको हुनाले हामीले पनि शैन्य दृष्टिकोणले चहिँ हामीले त्यति धेरै सतर्कता अपनाएनौ ।

वार्ता भैरहेको छ खासै केहि हुन्न भन्ने ढगंले हामीले वुझ्यौँ । र हामीले हाम्रो ईलाका कमिटीको त्यतिखेर ईलाका कमिटी हुन्थ्यो । ईलाका कमिटीको वैठक तयारीमा हामी जुट्दै थियौ । वेलुका आएर हामी वास वस्यौ र भोलिपल्ट विहानै वाट हामीले ईलाका बैठकको गृहकार्य गर्न सुरु गर्यौ ।

हामी त्यहिँ गृहकार्य गर्ने क्रममा जुन घटना स्थलको घर थियो त्यसको वीचको तलामा हामी वसिरहेका थियौ होमवर्क गरेर । अव त्यतिखेर हामीलाई पूरै पानी परिरहेको थियो, कुहिरो लागिरहेको थियो र हाम्रो मानसिकता चहिँ त्यस्तो थियो । अव शान्ति प्रक्रियामा खासै दुश्मनले त्यसरी चहिँ आक्रमण गर्न आउँदैन भन्ने खालको कन्सेप्ट हाम्रो थियो । त्यहिँ ढगंले हामी वसिरहेका थियौँ ।

अव सेन्टि, ड्युटि पनि थियो तर नर्मल टाईपले हामी वसिरहेका थियाँै । त्यसोहुँदाखेरि त्यहिँ वेला चहिँ चारैतिरवाट एक्कासी ठीक दिनको ११ः०० वजे घरको माथिल्लो कोणबाट घेरा हालेर घेरावन्दि वनाएर सेन्टिलाई ढाल्दै चहिँ तत्कालिन शाहि सेना हामीलाई घेर्ना आयो ।

त्यसो भएको हुनाले हामी म लगायत तत्कालिन जिल्ला ईन्चार्ज कम्रेड ललित हामी चहिँ त्यो घरभित्रवाट उम्किन सफल भयौ । बाहिर तिर रहेको साथीहरु बाहिरवाट भाग्न सफल हुनुभयो ।

घर भित्र रहेको मध्येबाट चहिँ हामी दुई जना मात्रै चहिँ बच्न सफल भयौ र घर भित्र रहेको सवै साथीहरुलाई गिरफ्तार गरेर माथि डाँडाकटेरी मा लगेर पूरा निर्ममता पूर्वक १९ जना साथीहरुलाई चहिँ त्यहाँ लगेर हत्या गर्यो र दुई जना साथीहरुलाई चहिँ त्यहिँ ढाल्ने काम भयो र एकजना त्यहिँ सेन्टि वसेको साथी र अर्को साथी चहिँ वैठकमा आउँदै गरेकोलाई चहिँ त्यहि ढाल्ने काम भयो । हामी त्यहाँ बाट चहिँ तल्लो कोण खाली थियो । हामी त्यहाँ वाट चहिँ हाम फालेर भाग्न सफल भयौँ ।
भनेको त्यतिवेला जो तपाई त्यो घटनामा चहिँ तपाई दुईजना भाग्न सफल हुनुभयो ?

अँ घर भित्रै रहेको चहिँ हामी दुई जना मात्रै हो तर घर वाहिर आँगनमा चहिँ अरु पनि १०।१२ जना साथीहरु हुनुहुन्थ्यो । उहाँहरुलाई पनि घेराबन्दि सेनाले गरिसकेको थियो । उहाँहरु पनि केहि साथीहरु भाग्न सफल हुनुभयो ।
अव रामेछापको राजनितिक अवस्था र भोलीको रामेछापको विषयमा अहिले नेकपा रामेछापले रामेछापको विषयमा रामेछाप जिल्ला भरि नेकपाले के के गरिरहेहनु भएको छ ?
अहिले हामीले एकता प्रक्रियाको काममा नै हामी ब्यस्त छौँ । हामी अव विशेष गरेर जिल्ला, गाउँ नगर, वडासम्मको एकता प्रक्रिया हामीले पूरा गरिसकेका छौ । अव विभागहरु, गाउँ नगरको ईन्चार्ज, सहईन्चार्जहरु हामीले वनाउन वाँकी छ । अव केहि समय पछाडि हामीले त्यो काम पनि पूरा गर्नेछौ । त्यसोभएपछि अव मोटामोटी रुपमा हाम्रो पार्टी एकताको काम सवै पूरा हुन्छ ।

भनेको अव केहि पार्टीको काम वाँकि छन् जो एकता नेकपा माओवादी एकता केन्द्र र नेकपा एमाकले यी वीच दुई पार्टी एकता भएको थियो र चुनावमा पनि जो दुईतिहाई नजिकको वहुमत प्राप्त गरका थियोे । अव अन्तिम चरणमा जो पार्टी एकताको कामहरु पूरा गर्दै गर्दा जो केन्द्रमा भईरहेको मतभेदले चहिँ रामेछापको पार्टीलाई कतिको प्रभाव पारिहरको छ कि छैन ?

अव त्यसले स्वभाविक रुपमा केन्द्र को राजनितिकको प्रतिविम्ब जिल्लामा पर्न स्वभाविक हुन्छ । अहिले रामेछापमा पनि सामान्य छिटफुट रुपमा देख्न सकिन्छ तर त्यस्तो केन्द्रमा जतिको जस्तो एकले अर्कालाई निषेध गर्ने ढगंले रामेछापमा देखा परेको छैन । र म चहिँ के भन्न चहान्छु भने त्यस्तो हुनु नहुने हो । केन्द्रमा हुने वित्तिकै तल भईहाल्नु पर्ने, तल गरिहाल्नुपर्ने हुनु नहुने हो ।

कम्युनिस्ट पार्टीमा त्यस्तो हुँदैन । तर अहिले के छ भने त्यस्तो भईरहेको छ त्यस्तो विडम्बनामा हामीले भन्नेु पर्छ । माथि एउटा नेताले जे भन्यो त्यसको पछि लाग्ने त्यस्तो हैन नि । खासगरिकन हामीले कम्युनिस्ट पार्टीको सदस्यले वुझ्नुपर्ने के हो भने सहि कुरा के हो त्यसको पछि लाग्ने हो नेताको पछि लाग्ने हैन, सिद्धान्तको पछि लाग्ने, विधानको पछि लाग्ने सहि कुरा के हो त्यसको पछि लाग्ने हो । तर विडम्बना यस्तो छ कि यो तल जिल्लामा मात्रै हैन केन्द्रमा पनि यो रोग छ । केन्द्रमा पनि पूरै ग्रुिसत छ । त्यसैले त्यो रोगबाट चहिँ हामी मुक्त हुनु आवश्यक छ ।

भनेको नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै उत्तरचढाव भईरह्यो । अहिले सात दशक भन्दा लामो कम्युनिस्ट पार्टीहरुको इतिहाँस छ, कम्युनिस्ट पार्टीहरुको संघर्षको ईतिहाँस वोकेको छ । जस्तो कम्युनिस्ट पार्टीहरु टुटफुट हुने क्रम चहिँ धेरै पहिला देखि नै चलिरहेको हो तर पछिल्लो समय दुई ठूला कम्युनिस्ट पार्टी एकता भएपछि जनतो पनि पत्याएका छन् । तर अव फेरि टुटफुट भयो भने जनताले कम्युनिस्ट आन्दोलनलाई कसरी हेर्ने हो भन्ने चिन्ता पनि थपिएको होला नि ?

त्यो निश्चित रुपमा नै छैन । जनताले एक ढगंको अपेक्षा र आशा गरेका थिए, दुई ठूला नेपालको कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि एउटा शक्तिशाली कम्युनिस्ट वन्छ । त्यो शक्तिशाली कम्युनिस्ट पार्टीले नेपालमा केहि परिवर्तन गर्छ ।

नेपालमा क्रान्ति सम्पन्न गर्छ भन्ने जनताले आशा र अपेक्षा गरेका थिए तर अव यो छोटो नै अवधिमा माथि केन्द्रमा अलिकति थोरै चहिँ नमिलेको जस्तो, भद्रगोल जस्तो भैसकेपछि जनताले अलिकति सशंकित भएका छन् । कि नेताहरुले हाम्रो आशा र आकांक्षा पूरा नगर्ने त होईन भन्ने खालको शंका जनतामा, कार्यकर्तामा जन्मेको छ । त्यसैले मेरो भनाई के छ भने त्यो नेपाली जनताले, कार्यकर्ताले जुन आशा र अपेक्षा राखेका थिए अर्थात नेकपा बनेपछि नेकपाले नेपालमा क्रान्ति सम्पन्न गर्छ । केहि न केहि परिवर्तन गर्छ ।

जनतालाई अधिकार सुनिश्चित गर्छ, सुख सविधा दिन्छ भन्ने आशाका साथ जनताले मत दिए त्यसपछि पार्टी एकता भएपछि त्यो आशापनि राखे तर केहि समय वित्न नपाउँदै फेरि नेताहरुको अलिकति माथि नेताहरुले गडवढ गरे अव त्यो गडवढ पनि किन भयो भन्दा खेरि विशेष गरेर वहस हाम्रो चल्नुपर्छ कुनैपनि राजनितिक पार्टीमा या चहिँ अझ क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र अन्तर संघर्ष चल्छ र यसलाई हामीले स्वभाविक रुपमा वुझ्नु पर्दछ ।

तर त्यो अन्तरसंघर्ष चल्दाखेरि कस्तो हुने त्यो अन्तर संघर्षको स्वरुप कस्तो हुने भन्ने कुरामा चहिँ हामी क्लियर हुनु जरुरी छ । अस्वस्थ,भद्ध र अभद्र सर्टिक खालको अन्तर संघर्ष हामीले चलाउनु हुन्न । यो हामीले छ्यापछ्यापती देखिरहेको छ । के लाई मान्ने कुरा हैन के लाई मान्ने कुरामा हामी क्लियर हुुनु जरुरी छ । हामी ले सहि लाई मान्ने कि गलतलाई मान्ने भन्ने कुरा हो ।

अव आफ्नो प्लानलका ब्यक्तिहरुले गलत नै गरेपनि त्यसलाई सहि हो भन्ने चलन हामी कहाँ छ । यो गलत कुरा हो । यसको विरुद्ध हामीले संघर्ष गर्न, भण्डाफोर गर्न जरुरी छ । हामी विचारको पछि लागेको कुनै एक जना अमुख नेताको पछा िलागेको हैन नि त ।हामी विचार, सिद्धान्त, सहि कुराको पक्ष पोषणको निम्ति हामी लागेको तथा राजनितिकमा लागेको त्यसको निम्ति लागेको हो । सहि तथ्य हितको नै हामी लागेको हो नि त ।

पूरा आफ्नो नेताले चहिँ साह्रै गडवढ गरेपनि एकदम ठीक गर्यो भन्ने यो अन्धाभक्त प्रबृति तथा हनुमान प्रवृति भनिन्छ यसलाई यो हनुमान प्रवृति नेपालमा छ । धेरै करेक्सन गर्न जरुरी छ । तर आ आफ्नो ठाउँमा अन्तरसंघर्ष हुन सक्छ । तर त्यसलाई स्वस्थ, स्वच्छ प्रतिस्पर्धी ढगंले हामीले चलाउनु पर्ने हुन्छ । तर त्यो हामीले देखिरहेका छैनौ । तल अहोइन माथि बाटै आइरहेको छैन ।

नेकपाभित्रको दुई लाईन संघर्ष छ, महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षले सरकार चलाई रहेको छ भनिरहेका छन् एक लाईन अर्को लाइन पार्टी र सरकार एउटैले संचालन गर्दा कठिनाई हुन्छ भन्ने छन् । तपाईको विचारमा पार्टी र सरकार छुट्टाछुट्टै चलाउनुपर्छ भन्ने हो की एउटालाई नै चलाउनुपर्छ भन्ने हो ?

अब पहिलो मेरो व्यक्तिग कुरा भन्ने हो भने चाँही दुई अध्यक्ष बन्ने कुरा नै राम्रो होइन । विश्वमा कहिपनिै छैन कम्युनिष्ट पार्टीको दुईवटा अध्यक्ष बन्ने पहिलो कुरा त्यही नै बेठिक हो । हतारमा चाीह काम गर्ने र फुर्सदमा पछुताउने काम चाँही हामीले गर्नुहुन्न । पार्टी एकता गर्दा बैचारिक हिसाबले सगठनात्कम हिसाबले यी सबै हिसाबले बहस र छलफल गर्नुपर्छ कहाँ कहाँ र केके अमुख नेतालाई मात्रै होइन की जम्मै नेता कार्यकतालाई कसरी व्यवस्थापन गर्ने सौच्नुपर्छ । तर यहाँ त्यो भइरहेको अवस्था छैन ।

झट्ट एकता गरियो । दुइटा अध्यक्ष भयो । दुईवटा अध्यक्ष भएपछि स्वाभाविक रुपमा केही मतभेत रहन्छ । कुन अध्यक्षले के गर्ने र कुन अध्यक्षले कुन जिम्मेवारी लिने भन्ने कुरा त सतहमा आइनै हाल्छ । यो स्वभाविक नै हो । अधिकार बाडफाडको विषयमा किचलो हुदैन होइन तर यसको मुख्य जड भनेकै सुरुमै दुईवटा अध्यक्ष बनाउनुनै अहिलेको समस्याको जड हो ।

सुरुमै बहस र छलफल गरेर अध्यक्ष वा उपाध्यक्ष वा अध्यक्ष वा सहअध्यक्ष बनाएको भए अहिलेको अवस्था आउने थिएन । अहिले दुबै अध्यक्षले कस्ले के गर्ने भन्दा पनि दुबै अध्यक्ष पार्टीको मातहतमा रहनुपर्छ । पार्टीको निर्देशन मान्नुपर्छ । ४४१ जनको केन्द्रिय कमिटी छ ।

४५ जनाको स्थायी समिति र ९ जनाको सचिवालय कमिटि छ । यी कमिटिले गरेको निर्णय अध्यक्ष दुबैले मान्नुपर्छ । तर अहिलेको भद्रगोल नै पार्टीको निति निर्देशन नमान्नु हो । दुई अध्यक्षले कस्ले गरेको निर्णय मान्ने र कस्ले गरेको निर्णय नमान्ने भन्ने विषय न हो अहिलेको समस्या । यो कम्युनिष्ट पार्टीमा हुनु नहुने विषय हो तर यो भईरहेको छ । मैले जे गर्दा नी हुन्छ भन्ने प्रबृतिकै कारण अहिलेको समस्या आएको हो ।

भनेको पार्टीको निर्देशन अनुसार सरकार चल्नुपर्छ भन्ने हो ?

ओ पार्टीको निर्देशनको पालना सबैले गर्नुपर्छ । ४४१ जनाको बैठक बस्न नसक्ला तर ४५ जनाको बस्न सकिन्छ नी ? त्यो पनि भएन भने ९ जना सचिवालयको कमिटीको बैठक त बस्न सकिन्छ । यी कमिटिले गरेको निर्णय र निर्देशन अनुसार अध्यक्षहरु चल्नुपर्यो र सरकार पनि चल्नुपर्यो । नेतृत्वलाई जे मन लाग्यो त्यही गर्ने चलन बढेको छ ।

त्यही कुरा न खराब हो । नेतृत्वलाई जे सही लाग्यो त्यो नै गर्ने प्रबति नै खराब हो । क्रान्तिलाई बाड्ने, आन्दोलनलाई बाड्ने काम न भईरहेको छ ।यो प्रबृत्तिलाई हटाउनु जरुरी छ ।

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Latest News

Advertisement