Mukhundo.com

कोरोनाका कारण विभिन्न पेशा ब्यबसायिमा पनि नकरात्मक असर


भाइरसका कारण विभिन्न पेशा व्यवसायमा निकै नकरात्मक असर गरेको छ ।

mukhundo.com, २०७७ भदौ ७ आइतबार


कोरोनाका कारण विभिन्न पेशा ब्यबसायिमा पनि नकरात्मक असर

 

अहिले कोरना भाइरसका कारण विभिन्न पेशा व्यवसायमा निकै नकरात्मक असर गरेको छ । उसो त दोरम्बामा पनि यसको असर होटल, पर्यटन तथा अन्य व्यवसायमा देखिएको छ ।

कुनै बेला दोरम्बाका पर्यटन व्यवसायी रेशमलाल योञ्जन आन्तिरिक तथा बाह्य पर्यटकलाई सेवा दिन भ्याई नभ्याई थियो । तर यस बर्ष कोभिड १९ को संक्रमण नेपालमा पनि देखापरेपछि उहाँ फुर्सदिलो हुनुहुन्छ । कोरना भाइरसका कारण आन्तरिक तथा बाह्य पर्यटक नआएपछि उहाँले चलाउनुभएको होम स्टे अहिले पूर्णरुपमा बन्द छ ।

पर्यटन व्यवसायी योन्जनलाई मात्र नभई अन्य पेशा व्यवसायीलाई पनि कोरनाको असर परेको देखिन्छ । दोरम्बामा होटल, तथा हार्डवेयर व्यवसायी गरिरहनुभएको धन बहादुर श्रेष्ठ र गंगाबहादुर श्रेष्ठको पीडा पनि उस्तै छ ।

कोरनाको प्रभाव खुला रुपमा देखिएको पेशा व्यवसायीलाई मात्रै होइन, किसान र मजदुरको पीडा पनि उस्तै छ । अहिलेको विषम परिस्थितीमा विहान बेलुकाको छाक टार्न मुस्किल समुदायको अवस्था भने दयानीय छ । यसप्रति सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement