Mukhundo.com

रामेछाप दोरम्बाका स्थानीय महिलाहरुले घरमै बसेर तीज मनाइयाे


mukhundo.com, २०७७ भदौ ६ शनिबार


रामेछाप दोरम्बाका स्थानीय महिलाहरुले घरमै बसेर तीज मनाइयाे

रेडियाे ताल्चुइगढी 

यस बर्ष रामेछाप दोरम्बाका स्थानीय महिलाहरुले घरमै बसेर तीज मनाएका छन् । कोभिड १९को जोखिम र जिल्ला प्रशासन कार्यालय रामेछाप र स्थानीय तहले भिडभाड गर्न रोक लगाएसंगै घरमै बसरे यस बर्षको तीज मनाएको हो ।

यो बर्ष दोरम्बाका जानुका विश्वकर्म माइत जानुभएन । उहाँ पोहोर माइत जानुभएर दर आमाबुवा र दाईभाइ दिदिबहिनीसंगै खानुभएको थियो । तर यसबर्ष कोभिड १९ का कारण उहाँ घरमै बसेर तीज मनाउनुभएको बताउनुभयो ।

अहिले कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढिरहेको छ । देशभरका विभिन्न जिल्ला तथा स्थानीय तहहरुले निषेधाज्ञा जारी गरिसकेको अवस्थामा महिला दिदिबहिनीहरुले घरमै बसेर तीज मनाउनु कोभिड १९ बाट बच्न सक्ने पहिलो उपाय भएको दोरम्बा गाउँपालिका २ दोरम्बाका सचिव नविना खत्रीले बताउनुभयो ।

हुन त तीज मनाउन माइत जाँदा होस््, या मन्दिरमा पूजा गर्न जाँदा होस्, कोभिड १९ एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने सम्भावना ज्यादा छ । त्यसैले स्थानीय तहको आग्रहलाई मानेर घरमै परिवारसंगै तीज मनाउन सक्यो भने संक्रमणबाट जोगिन सकिन्छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement