Mukhundo.com

मिर्गौला रोगीद्वारा सहयोगको अपिल


mukhundo.com, २०७७ भदौ १ सोमबार


मिर्गौला रोगीद्वारा सहयोगको अपिल

दोरम्बा । रामेछापको खाँडादेवी गाउँपालिका ७ की हरिमाया तामाङले मिर्गौला उपचारका लागी सहयोगको अपिल गरेकी छन्।

ललितपुरको सुमेरु अस्पतालमा उपचार गराईरहेकी तामाङले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगीको लागि अपिल गरेको उनका आफन्त खिरलाल तामाङले बताए ।

कोरना भाइरसका कारण अहिले गाउँमै रहेको र उनको उपचारको लागि झन समस्या भएकोले सहयोगका लागि हात फैलाउन परेको जनाएको छ ।

अहिले हप्ताको २ पटक डाइलासिस गर्दै आइरहेकी तामाङको तत्काल मिर्गौला फेर्नुपर्ने र मिर्गौला फेर्नका लागि ठूलो रकम आवश्यक परेकोले सबै नेपालीलाई सहयोग गर्न आग्रह गरिकी छन्। उनलाई सहयोग गर्नका लागि निम्न नम्बरमा सम्पर्क गरि सहयोग गर्न अपिल गरेकी छन्।

चण्डिलाल मोक्तान ९८६२२५६६६७
अविरल घिसिङ ९८६०६०४७६५
खिरलाल तामाङ९८६११६६५१८

प्रतिकृया

प्रतिकृया

Advertisement