Mukhundo.com

दोरम्बाले गुमाएको सहिदको सपना


mukhundo.com, २०७७ साउन ३२ आइतबार


डेनो थिङ तामाङ
प्रत्येक दिन उठेदेखि संघर्ष गर्दागर्दै सकिन्छ । कहिले काही कल्पना गर्ने गर्छु, आफ्नै रगत पसिनाले बनेको केन्द्रमा बस्न पाए कति आनन्द ह्न्थ्यो होला । त्यो कल्पनामा नै भएपनि एकछिन त खुसी हुन्छु, हो दोरम्बा सहिदको जन्मस्थल भएपनि आफ्नाे वलिदानको सपनाको एक टुक्रा जमिन छैन । नहुँदैमा वेकारमा वेखुशी चहिँ छैन । सहितको सपना जसले डोहोर्याउँछ त्यहि मेरो धर्ती जसको मनमा वस्छु त्यहि मेरो हो ।

संसारमा खुल्ला आकाश मुनी धर्तीमाथि जिवन विताउनेहरुको मनमा जीवन बाँच्न सहजता छ । अँ… दोरम्बा सहिदको सपना दोरम्बाको विकास नचहानेहरुले यसलाई उजाड पारे । आखिर सहिदसँगै यात्रा गर्ने माथि पुग्नेहरुले जे गरेपनि हुँदो रहेछ । गाउँका वुढापाकाहरुले गुनासो गर्छन् यो ठाउँलाई माथि पुग्नेहरुले विगारे, सायद त्यहिँ पीडाले पनि दोरम्बाले गुमाए सहिदको सपना । धेरै हत्याकाण्ड पनि यहीँ मच्चाएछन् त्यतिवेला उठेका उसैले यहाँ न्यायका स्वरहरुलाई यहीँ  दबाएछन् ।

सहिदले दोरम्बालाइ जब बुझ्न थाले तब यहाँका भीरपाखा, बनजंगल खोलानाला, झारपातहरुले पनि सहिदको सपनालाई मायाले सुमसुम्याएको जस्तो लाग्यो । याँहाको हावापानीले पनि त्यही भाव भित्र छिर्दै बाहिर निस्किदै गरेजस्तो लाग्यो । पानीले पनि तिर्खाउँदा हरहर भएको आतलाई तृप्त पार्दा सहिदको सपनालाई माया गरेझैँ लाग्थ्यो । यहाँका जति चिजहरु थिए ती जम्मै सहिदको लागि प्रिय थिए । आन्तरिक द्वन्द्वले पीडित दोरम्बाको पीडा पनि यही थियो ।

बन्दुक बारुदका आवाजहरु टाढाटाढा सुनिदै थिए । दोरम्बालाई आभास हदै थियो । अब दोरम्बा बनाउने कल्पना गर्नेहरु द्वन्द्वको आगोमा जल्न थालिसकेका थिए । जीवनको प्रारम्भ नै बर्षात्को समयमा भएकाले पनि होला त्यो आकाशले जस्तै सहिद परिवार सिंगो दोरम्बाले पनि जीवनका धेरै मोडहरुमा रोइ रहनु पर्यो । तर त्यो आकाश रुंदा त्यसका थोपा थोपा आसुले धर्तीमा नयाँ पालुवाहरु मौलाएर धर्ती हराभरा बनेर आउँथ्यो ।

तर त्यसको विपरीत सहिदलाई सम्झदा मन साह्रो दुखेपछि दर्द पीडा आँखाबाट बाहिर निस्केर जान्थ्यो । त्यसपछि मन हलुका पार्दै गर्दा साँच्चै पीडा भोग्नुकै लागि फेरी यादहरु पनि पत्रैपत्र रहेछ । एउटा पत्र उप्किदै गएपछि अर्को पत्र लाग्दै जादो रहेछ । दोरम्बाले पीडा बाहेक केही पाएन । त्यसैले त दोरम्बालाई पीडा मन पर्छ । सायद दोरम्बाले विभिन्न काल खण्डमा धेरै पटक रुनु परेकाले होला दोरम्बालाई आशुँ नै मन पर्छ । कसैले नदेखुन् आशुँको आहालमा डुब्दाको क्षण रमाइलो लाग्छ । विज्ञानले पनि भन्छ–‘‘मान्छेलाई रुन पनि आवश्यक छ । ’’

मान्छेहरु कति मज्जाले भन्छ, आहा ! कति राम्रो । कति सुन्दर । त्यहाँभित्रको पीडा कसैले जान्न, बुझ्न सकेन । दोरम्बालाई हो, रुएपछि मनलाई आनन्द हुन्थ्यो । शीतलताको आभास हुन्थ्यो । नरुदा रोएपछि बेस्सरी रुनुपर्छ, आशुसंगै सारा पीडा बगोस् । त्यसपछि मन फूल जस्तै उन्मुक्त बनेर हासोस् । नओभाएका आखाँहरु आशुको दहमा चुर्लुम्म डुबेपछि ओभाउन् ।

समय वित्दै जाँदा दोरम्बाले धेरै रोए पनि हाँसेपछि मज्जाले दिल खोलेर हाँसे । आशुसंगै मनका कुविचार कुभावनाहरु जम्मै बगेर गयो । आप्ठ्यारो समय चौरैतिर पर्खालै पर्खाल उभिएको बेला त्यसको विरुद्धमा उभिएको दोरम्बालाई आफन्त कोहीले साथ नदिए पनि आफ्नै आत्माले दियो । विचार र विवेकले दियो । विश्वासले दियो । त्यही समय स्वतन्त्रता र समनताको हक खोसिएको समय बोल्न लेख्न पाउने हकधरी खोसिएको समयमा त्यो समयक आतातायीले दोरम्बालाई चालै नपाई सिध्याउन सफल भएछ । योजना के बनाएको रहेछ भने २०७३ सालमा (विशेष भूमिका पूर्व माओवादी नेकपाले नै सहिदको सपना दोरम्बाबाट केन्द्र अन्यत्रै लगि सकेछ ।) ‘‘सहिद पार्क र स्मारक’’

घाउहरुमा मोलम लगाउदै गर्दा दोरम्बाले धेरै सहिदको सपनाहरु गुमाएको छ । कसैले दोरम्बा अयोग्य ठानेर हुदैन, भन्दा ठिकैछ, कहिल्यै भनिन् दोरम्बा कहिल्यै असभ्य बनिन । दोरम्बा पीडाको बीचमा हस्थेँ । गफ गर्थे । भरपुर रमाइलो गर्थे । तर आफ्नो विचारमा अडिक निष्ठामा अडिक छन् । सहिदको सपना कुनै दिन पुरा हुनेछ । यसको अभिभारा युवाको काँधमा रहेको छ । सहिदको सपना पुरा गर्ने पालो अब युवाको हो । आऊ युवा एक जुट होऔँ ।

केन्द्रिय सदस्य, नेपाल तामाङ विद्यार्थी धेदुङ

(आलेख, लेखकका नीजि विचार हुन् ।)

प्रतिकृया

प्रतिकृया

सम्बन्धित समाचार

Advertisement