Mukhundo.com

दोरम्बा गाउँपालिकाभित्र दिनभर पसल चलाउन नपाइने


mukhundo.com, २०७७ साउन ३० शुक्रबार


दोरम्बा । दोरम्बा गाउँपालिकाले खाद्यान्न लगाएतका सामाग्री दिनभरि बिक्री वितरण गर्न रोक लगाएको छ । कोरना भाइरसको उच्च जोखिम रहेको तथा जोखिम बढेका कारण सर्वसाधरण नागरिकलाई कोरना भाइरस फैलन सक्ने भन्दै गाउँपालिकाले दिनभर पसल लगायत आत्यआवश्यक सामग्री विक्रि वितरण गर्नमा रोक लगाएको हो ।

दिनभर पसलहरु खोल्दा सर्वसाधरणको भिडभाड हुने र एक व्यक्तिबाट अर्को ब्यक्तिलाई संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाले दिनभर खोल्न रोक लगाएको गाउँपालिकाको कार्यालय टोकरपुरले जनाएको छ ।


गाउँपालिकाको उपाध्यक्ष कृशला घिसिङको हस्ताक्षरित जारी सुचनामा लकडाउन खुकुलो भएसंगै कोरना भाइरस तिब्रगतिमा फैलिरहेको भन्दै दोरम्बा पनि उच्च जोखिममा रहेको हुँदा सर्वसाधरणलाई कोरनाबाट जोगाउन रोक लगाएको जनाएको छ । गाउँपालिकाले खाद्यन्न लगायतका पसलहरु विहान ५ बजेदेखि १० बजेसम्म मात्र खोल्न निर्देशन जारी गरिएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement