Mukhundo.com

मन्थली नगरपालिका सील


mukhundo.com, २०७७ साउन २९ बिहीबार


मन्थली नगरपालिका सील

दोरम्बा । रामेछापको मन्थली नगरपालिका सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाको एक कर्मचारीलाई कोरना भाइरस कोभिड १९ पोजिटिभ देखेसंगै सिल गरिएको जनाएको छ ।
बिहिबार भएको परिक्षणमा रामेछापमा तीन जनामा कोरना पुष्टि भएको थियो । जसमध्ये एक जना मन्थली नगरपालिकाको कर्मचारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुखुन्डोडटकमलाई जानकारी दिए । उनका अनुसार नगरपालिकाको कर्मचारीसंग घुलमिल भएका सबैको ट्रेसिङ गर्नका लागि नगरपालिका सिल गरिएको हो ।
नगरपालिका सिल गरिएसंगै नगरपालिकाको सबै सेवा बन्द गरिएको छ । कोरना पुष्टि भएका कार्मचारीको सम्पर्कमा आएका सेवाग्रहीको पहिचान गर्ने काम भईरहेको जिल्ला प्रशासनका कार्यालय मन्थलीले सुचना जारी गरिएको छ ।
यस्तै १४ दिनदेखि सेवा लिन आएका सेवा ग्राहीलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न पनि जिल्ला प्रशासनले आह्वान गरिएको छ । प्रशासकीय अधिकृत रामप्रसाद भट्टराईको हस्ताक्षर गरिएको सुचनामा भनिएको छ, ‘मन्थली नगरपालिकाबाट सेवा लिनुहुने सम्पूर्ण सेवाग्राहीलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नहुन अनुरोध छ ।’
यस्तै नगरपालिकाको कर्मचारीलाई कोरना भएको पुष्टिसंगै स्थानीयमा भने त्रास थपिएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement