Mukhundo.com

गोगंबु हत्यामा संलग्न चितवनका कल्पना मुडभरी पक्राउ


mukhundo.com, २०७७ साउन २७ मंगलबार


गोगंबु हत्यामा संलग्न चितवनका कल्पना मुडभरी पक्राउ

काठमाण्डौ । गत साउन २५ गते गोगबु स्थित पुल मुनि विभत्स हत्यामा संलग्नलाई मंगलबार प्रहरीले  सार्वजनिक गरेको छ । सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार साउन २५ गोगंबुमा रोल्पाका कृष्णबहादुर बोहरालाई हत्या गरेको आरोपमा चितवन कालिका नगरपालिका ७ की ३७ बर्षिया कल्पना मुडभरी (पौडेल)लाई पक्राउ गरेको हो । साउन २५ गते बेलुका विभत्स तरिकाले हत्या गरी सुटकेशमा शब र झोलामा टाउको खुट्टा पोका पारी फालिएको अवस्थामा फेला परेको थियो ।

सुरुमा शबको पहिचान हुन नसकेको र सामाजिक सञ्जालमा राखी प्रहरीले मृतकको सनाखत गर्न आह्वान गरिएको थियो । प्रहरीका अनुसार उनको सनाखत गर्न मामा पर्ने एक जनाले सनाखत गरिएको हो । प्रहरीका अनुसार मृतक र पक्राउ परेका मुडभरीवीच तीन चार बर्षअघिदेखि नै सामाजिक संजाल मार्फत सम्पर्क भईरहेको थियो । उनीहरुबीच विभिन्न समयमा विभिन्न स्थानमा भेटघाट भएको थियो । तर पछिल्लो समयमा बोहराले पौडेललाई विभिन्न दबाब सिर्जना गरी आफु अनुकुल चल्न बाध्य पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोहराले पौडललाई शारिरिक तथा मानसिक तनाब तथा सम्बन्ध राख्न दबाब दिने तथा फेक फेसबुक आइडी बनाई विभिन्न फोटो तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको जनाएको छ । बोहरालाई पौडेल आफ्नै कोठामा बोलाई सिल्पिङ ट्याबलेट खुवाई बेहास बनाई हत्या गरिएको र हत्या पश्चात टाउको र खुट्टा काटी छुट्टा छुट्टै पोको पारी सुटकेश र झोलामा राखी फालिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement