पठन पाठन रोक्न दोरम्बा गाउँपालिकाको सबै विद्यालयलाई निर्देशन


mukhundo.com, २०७७ साउन २७ मंगलबार


दोरम्बा । दोरम्बा गाउँपालिकाले दोरम्बा गाउँपालिका अन्तरगतका सबै विद्यालयमा पठन पाठन रोक्न निर्देशन दिएको छ । दोरम्बा गाउँपालिकाको शिक्षा शाखाले दोरम्बाको सबै विद्यालयमा बैकल्पित माध्यम आलोपालो विद्यार्थी पठन पाठनलाई बन्द गर्न परिपत्र गरेको दोरम्बा शिक्षा शाखाले जनाएको छ ।


कोभिड १९ को संक्रमण बढ्दै गएको र संक्रमण हुने सम्भावनालाई मध्येनजर गरी विद्यालयको पठन पाठन बन्द गरिएको तर विद्यालयको अन्य आन्तरिक कार्यलाई भने निरन्तरता दिन निर्देशन दिएको शिक्षा शाखाका अधिकृत धनध्वज लामाले मुखुण्डोडटकमलाई बताए ।
उनका अनुसार जिल्ला प्रशासनले विद्यालयको पठन पाठनका रोक लगाएको छ । कोरना भाइरसको जोखिम बढ्दै गएकोले विद्यालयको पठन पाठन बन्द गरिएको हो ।

यस्तै दोरम्बा गाउँपालिका १ डडुवाको सुर्के माविले पठन पाठन बन्द गरिएको जनाएको छ । गाउँपालिकाले पठन पाठन बन्द गर्न परिपत्र गरिएको भन्दै पठन पाठन रोकिएको सुर्के मावि डडुवाले जनाएको छ ।
विद्यालयले सुचना निकाल्दै अर्को सुचना जारी नहुदाँसम्म पठन पाठनलाई स्थगित गरिएको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement