Mukhundo.com

रेडियो ताल्चुइगढीद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


mukhundo.com, २०७७ साउन २६ सोमबार


रेडियो ताल्चुइगढीद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोरम्बा । रेडियो ताल्चुईगढी १०७.७ मेगाहर्जले आइतबार विभिन्न सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संचार विकासमा स्थानीय सरकार र जनताको भूमिका विषयक एक अन्तरक्रिया सम्पन्न गरिएको हो । अन्तरक्रियामा संचार विकासमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । यस्तै स्थानीय जनताको पहुँच तथा विभिन्न तह र तप्काका जनताको आवाजलाई रेडियोले स्थान दिनुपर्नेमा पनि अन्तरक्रियामा सहभागीहरुले जोड दिएको रेडियोले जनाएको छ । कार्यक्रममा सहभागीहरुले सत्य, तथ्य, पक्षरहित सुचना र समाचार प्रसारण गरी जनताको रेडियो बन्नुपर्नेमा जोड दिएका थिए । दोरम्बामा स्थापना भएको रेडियोले दोरम्बाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै विकास र सम्बृद्धिको पक्षमा रेडियो लाग्नुपर्नेमा जोड दिएका थिए ।

आगामी दिनमा रेडियोले उत्पादन गर्ने विभिन्न कार्यक्रम र रेडियोले स्थानीय जनता र सरकारवीचको सम्बन्धलाई मजबुद बनाउन तथा जनताको आवाजलाई सम्बन्धित निकायमा पुर्याउन रेडियोले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा अन्तरक्रियामा सहभागीहरुले जोड दिएका थिए ।

अन्तरक्रियामा दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ र दोरम्बा गाउँपालिका २ का वडा अध्यक्षले रेडियोलाई स्थानीय सरकारले सहयोग र साथ दिने प्रतिबद्धता जनाएका थिए । उपाध्यक्ष घिसिङले रेडियोले विकासको विभिन्न क्षेत्रमा सहयोग पुर्याउने भएकाले पालिकाले रेडियोलाई आवश्यक विभिन्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै दोरम्बा २ का वडा अध्यक्षले वडामा भएको विभिन्न विकास तथा अन्य कार्यक्रमको जाकारी रेडियोबाटै सुचना प्रसारण गर्ने प्रतिबद्धता जनाएका थिए । दोरम्बामा संचारको विकास हुनु खुसीको खबर भएको भन्दै जनताको मन जित्न रेडियोले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा रेडियो ताल्चुईगढीको तर्फबाट कार्यकारी निर्देशक सचेत घिसिङले संचारको मूल्य मान्यता र पत्रकारिताको कर्तव्य पालना गरी जफावदेही सहितको पत्रकारितालाई रेडियोले अबलम्बन गरी जनताको आवाजलाई रेडियोले बुलन्द पार्ने प्रतिबद्धता जनाएका थिए ।
कुनै पनि राजनीतिक झुकाब तथा दबाबलाई रेडियोले स्वीकार नगर्ने र उत्तरदायी सहितको पत्रकारितामा रेडियो प्रतिबद्ध रहेको बताए । उनले रेडियो स्थापना गर्न निकै कठिनाई चुनौतीहरु भए पनि चुनौती सामाना गरी अविचलित संचार यात्रालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

अन्तरक्रियामा दोरम्बा गाउँपलिकाका उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा गाउँपालिका २ का वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ, नेकपा दोरम्बा २ का अध्यक्ष मेचमान तामाङ, राप्रपाका लाल बहादुर घिसिङ, नेपाली काँग्रेसका केशब लामाको सहभागीता रहेको थियो ।

यस्तै गैर सरकारी संस्था रामेछापका सदस्य नोर्बु लामा, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष कविन्द्र लामा, होम स्टे एसोसियसन अफ नेपालका केन्द्रिय सदस्य मविन थिङको सहभागीता रहेको थियो । यसैगरी नयाँ गोरख गणका सेनानी हरिहर ध्वज शाह, दोरम्बा प्रहरी चौकीका प्रमुख टलक श्रेष्ठ, शैलुङ एग्रिकल्चरका प्रोप्राइटर कान्छी तामाङ सामुदायिक मेलमिलाप दोरम्बाका संयोजक मीन बहादुर घिसिङ तथा काकलिङ मावि दोरम्बाका प्रधानध्यापक सुरेन्द्र कोइराला लगायतको सहभागीता रहेको थियो । उनीहरुले आ–आफ्ना धारणा राख्दै विभिन्न सुझाब तथा सल्लाह प्रदान गरिएको रेडियो ताल्चुईगढीले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन विकासका लागि रेडियोले विभिन्न खालका कार्यक्रम उत्पादन गरी टेवा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

दोरम्बामा स्थापना भएको रेडियो ताल्चुईगढीले बैशाख अन्तिमदिनदेखि आंशिक क्षमताबाट परिक्षण प्रसारण गरिरहेको छ । आगामी भदौँबाट रेडियोले पूर्ण क्षमताबाट नियमित प्रसारण गर्ने रेडियोले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

Advertisement