Mukhundo.com

शैक्षिक संस्था नखोल्न प्रशासनको निर्देशन


mukhundo.com, २०७७ साउन २५ आइतबार


दोरम्बा । जिल्ला प्रशासन रामेछापले कुनै पनि शैक्षिक संस्था नखोल्न निर्देशन जारी गरेको छ । आइतबार जिल्ला प्रशासन रामेछापले जारी गरेको पत्रमा अर्को सुचना नआइन्जेलसम्म कुनै पनि शैक्षिक संस्था नखोल्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

जिल्लाका केही स्थानीय तहले विद्यालय संचालन भइरहेको जानकारी कोभिड १९ संकट व्यवस्थापन छाउनीमा उजुरी परेको र अहिले कोरनाको जोखिम कम भइनसकेको अवस्थामा शैक्षिक संस्थाहरु संचालन नगर्न सबै विद्यालयलाई परिपत्र गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

सरकारले शैक्षिक संस्था खोल्ने निर्णय नगरेको अवस्थामा केही विद्यालयले कक्षा संचालन गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले नगर्न परिपत्र गरिएको हो ।
प्रशासकीय अधिकृत भास्कर दाहालको हस्ताक्षर रहेको परिपत्रमा अर्को निर्णय नहुदासम्म विद्यालय संचालन नगर्ने निर्देशन जारी गरिएको हो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement